आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

रकम जम्मा हुने क्रम अझै जारी

टोकियो – भूकम्प पीडितहरुका लागि राहत सहयोग उपलब्ध गराउन नेपाल भूकम्प पीडित राहत तथा सहयोग समितिले जापानमा खडा गरेको राहत कोषमा आजका मितिसम्म ३ करोड ९३ लाख ८ हजार ७ सय ९ येन जम्मा भएको सो समितिले जनाएको छ ।

आर्थिक उपसमितिका संयोजक दिपक थापाका अनुसार स्टेशनहरुमा सार्बजनिक अपिलबाट ७४ लाख ७१ हजार १ सय ७२, हुलाक खातामा स्वतस्फुर्त जम्मा हुन आएको १ करोड ३८ लाख ३७ हजार ५ सय ३७ येन, जापान नेपाल सोसाइटीको सहकार्यमा मिजुहो बैंक खातामा जम्मा हुन आएको १ करोड ८० लाख येन गरी ३ करोड ९३ लाख ८ हजार ७ सय ९ येन राहत कोषमा जम्मा भएको हो ।

जसमध्य हालसम्म ३ करोड येन नेपाल पठाईसकिएको र ९३ लाख ८ हजार ७ सय ९ येन समितिको खातामा मौज्दात रहेको आर्थिक उपसमितिले जनाएको छ । यसबाहेक पे-पाल लगायत इन्टर्नेटका माध्यमबाट आह्वान भई संकलन हुन आएको रकम, जापानका विभिन्न कन्भिनियन्स स्टोर, नेपाली पसल तथा रेष्टुरेन्टहरुमा राखिएका चन्दा बक्समा संकलन भएका रकम भने समितिको राहत कोषमा आउन बाँकी रहेको बुझिएको छ । ***

तपाईको प्रतिक्रिया