Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – शनिबार गएको विनाशकारी भूकम्पबाट आक्रान्त बनेकी अभिनेत्री स्वेता खड्काले भूकम्प पिडितहरुलाई सहयोग गर्ने प्रत्तिबद्धता जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गर्ने घोषणा गर्दै अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन हुने चलचित्र ‘कोहिनूर’बाट उठेको रकम भूकम्प पिडितहरुलाई दिने बताएकी हुन् ।

Swetaउपचारका लागि अमेरिका पुगेकी स्वेता शनिबार मुलुकभर गएको भूकम्पका कारण मर्माहित बनेकी छिन् । पति श्रीको निधनपश्चात केही समयअघि देखि मात्र अन्य मानिसहरुसँग खुल्दै आएकी उनको पुनः मन च्यात्तिएको बताएकी छिन् ।

स्वेताले सम्पूर्ण नेपालीहरुमा तेरो र मेरो भन्ने भावनालाई छ त्यागी आफुले सक्दो सहयोग र उद्दारमा लाग्न अनुरोध गरेकी छिन् । उनीले भूकम्प पिडितहरुमा नआत्तिन आग्रह समेत गरेकी छिन् ।

सम्पूर्ण नेपालीहरुको रक्षाका लागि भगवानसँग जीवनरक्षाको पुकार गर्दै स्वेताले भनिन्,’म नेपाल फर्केपछि भूकम्पले छाएको हरेक क्षेत्रमा सहयोग लिएर अवश्य आउनेछु ।’***

n19

तपाईको प्रतिक्रिया