आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले नेपालको पछिल्लो स्थितिबारे आज जापान सरकारलाई जानाकारी गराउनुका साथै हरसंभवका सहयोग गर्न पुनः आग्रह गर्नुभएको छ ।

गत शनिवार राजधानी काठमाडौं लगायत विभिन्न जिल्लामा गएको महाभूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतीका बारेमा जानाकारी गराउनुका साथै राजदूत डा. भट्टराईले संभव भएसम्मका सबै सहयोग गर्न जापान सरकारलाई अनुरोध गर्नुभएको हो ।

जापान नेपाल पार्लियामेन्ट फ़्रेण्डशीप लिग (जापान नेपाल संसदीय मैत्री संघ) को आज भएको बैठकमा बौल्दै राजदूत डा. भट्टराईले सहयोगका लागि जापान सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले तत्कालका लागि उद्वार र राहत कार्य संगसंगै अगाडि बढाउनुपर्ने भएकोले आवश्यक सहयोगका लागि जापान सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सो अवसरमा उहाँले गत शनिवार नेपालमा भूकम्प जाँदा बित्तिकै नेपाल सरकारका तर्फबाट तत्काल उद्वार सहयोगका लागि अनुरोध गरेको २४ घण्टाभित्र जापानले ७० जनाको बिशेष उद्वार टोली नेपाल पठाई सहयोग गरेकोमा जापान सरकारलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

यसैगरी सगरमाथा आरोहणका क्रममा भूकम्पका कारण १ जना जापानी पर्वतारोहीको निधन भएकोमा राजदूत डा. भट्टराईले हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै १ जना महिला पर्वतारोही घाइते हुनुभएकोमा शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो ।

सो अवसरमा लिगका अध्यक्ष तोसिहिरो निकाईले नेपालमा परेको बिपत्तिप्रति दुख ब्यक्त गर्दै जापानले यतिबेला नेपालको संकटमा संभवभएसम्मका जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।उहाँले हरेक सांसदबाट निश्चीत रकम संकलन गरी नेपाल पठाउने तैयारी पनि भईरहेको जानकारी गराउनुभयो । लिबरल डेमोक्र्याटिक पार्टीका नेतासमेत रहेका अध्यक्ष निकाई सो पार्टीको शक्तिशाली बिभाग जेनेरल काउन्सिलमा समेत आबध्द हुनुहुन्छ ।

बैठकमा श्रम तथा समाज कल्याण मन्त्रालयका उपमन्त्री कातो हासीमोतो, जापानी पार्लियामेन्टको दक्षिण एशिया बिभागका महानिर्देशक लगायत दर्जनौ वरिष्ठ सांसदहरुको उपस्थिति रहेको थियो । ****

 

तपाईको प्रतिक्रिया