आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – सुदूरपश्चिमेली समाज जापानले नेपालमा शनिबार गएको शक्तिशाली भूकम्पका कारण बिपत्तिमा परेकाहरूको लागि उद्धारमा सहयोग गर्न राहत संकलन कार्य तिब्र पारेको जानाएको छ ।
मातृभूमि भन्दा टाढा भए पनि यो बिपत घडीमा मातृभूमिलाई सहयोग गर्नु हामी सबैको कर्तब्य भएको भन्दै सबैमा सहयोगका लागि अपिल गरेको हो ।
समाजले हालै एक प्रेस बिज्ञप्ति जारी गर्दै जापानमा रहेका सबै पेशा व्यवसायमा संलग्न सुदूरपश्चिमेलीहरुलाई समाजको सम्पर्कमा रहन आग्रह गर्दै सबैलाई समाजको खाता नम्बर : १०१०० -९१२८२९२१ (पोस्ट बैंक ) मा रकम जम्मा गरी राहत संकलन कार्यमा सहायोग गरिदिन अनुरोध पनि गरेको छ । समाजले शक्तिशाली भूकम्पका कारण ज्यान गुमाएकहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना पनि प्रकट गरेको छ ।***

तपाईको प्रतिक्रिया