आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बेल्जियम-एनअारएन बेल्जियमले नेपालमा हालै गएको भूकम्पबाट पीडितहरूको लागि दश लाख राहत सहयोग गर्ने भएको छ । विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको, राष्ट्रले ठूलो दैविक विपत्ति बेहोर्नु परेकोमा दुःख व्यक्त गर्दै राहत रकम सहयोग गर्ने घोषणा गरेको हो । मातृभूमिमा परेको दुःखद घडीमा सहयोग गर्नु सम्पूर्ण नेपालीको कर्तव्य रहेको बताउँदै संघले दश लाख रूपैयाँको राहत सहयोग प्रदान गर्ने घोषणा गरेको एनअारएन वेल्जियमका अध्यक्ष प्रेम गुरूङले बताउनुभएको छ ।
साथै वेल्जियममा रहेका सम्पूर्ण नेपालीहरू लगायत संघसंस्थाहरूलाई यस विपतको घडीमा एकतावद्ध भई अार्थिक, भाैतिक र मानवीय सहयोग गर्न समेत अनुरोध एनअारएन वेल्जियमले अनुरोध गरेको छ ।***

तपाईको प्रतिक्रिया