Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – गजलकार कल्पना पौडेल ‘जिज्ञासु’ ले दोस्रो गजल सङग्रह ‘जून हराएको रात’ लिएर आफ्ना पाठक माझ आउनुभएको छ । नवलपरासी गैडाकोट ४ घर भै हाल मध्यपूर्व इज़रायललाइ आफ्नो कर्म क्षेत्र बनाइ नेपाली साहित्य आकाशलाई माथि उठाउन साधनारत ‘जिज्ञासु’ को दोस्रो गजल सङग्रह ‘जून हराएको रात’ हालै एक समारोहका बिच बिमोचन भएको छ ।

जहाँ नेपाली त्यहाँ नेपाली साहित्यको साधना ।  दुई बर्ष अघि मात्रै प्रथम गजल सङग्रह ‘भावनाका भेलहरु’ प्रकाशित गर्नुहुने गजलकार ‘जिज्ञासु’ले यति छोटो समयमै दोस्रो गजल संग्रह लिएर आउनुभएको हो ।

गत शनिवार हाम्रो मझेरी साहित्य प्रतिष्ठानको १५ औं बार्षिक उत्सबको अवसरमा ‘जून हराएको रात’ दोस्रो गजल संग्रहको बिमोचन भएको थियो । उक्त गजल संग्रहमा जम्मा १०१ वटा सुन्दर गजलहरु समेटिएका छन् । नेपाली साहित्यलाई जस्तै माया जिज्ञासुले अनाथ बालबालिकालाई पनि गर्नुहुन्छ । उहाँले आफ्नो गजल बिक्रीबाट आएको रकम अत्यन्त निम्न, असहाय विशेष चेपांग बस्तीका बालबच्चाहरुलाई पढाउने हेतुले उहाँ आफैंले खोल्नुभएको परोपकारी संस्था ‘कल्पना फाउन्डेशन’ मार्फत सहयोग गर्नुभएको थियो र, दोस्रो गजल ‘जून हराएको रात’ पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम उहाँ यसै ‘कल्पना फाउन्डेसन’ को कोषमा जम्मा गरि ती अनाथ, असहाय बालबच्चा तथा आफ्नै सन्तानद्वारा अपहेलित भएका बृध्दाहरुको सेवामा समर्पित गर्ने जानकारी दिनुभएको छ ।

गज़ल सङग्रह विमोचन गर्ने क्रममा गजलका शिखर पुरुष डा. घनश्याम न्यौपानेले परिश्रमी साहित्य क्षेत्रका समृध्दी र विकासका लागि एकता तथा सहकार्यको आबश्यकता रहेको जनाउनुभएको थियो । साहित्यकार गोविन्दराज विनोदी लागायत थुप्रै साहित्यकारहरुको राम्रो जमघट रहेको थियो । जातीय विभेद, दुखि गरिब, अनाथ बाल बच्चा, सन्तानले हेला गरेका बृध्दाप्रति सदभाव अनि उनीहरुको लागि केहि गर्ने चाहना व्यक्त गरिएका, नारी चेतना र देशभक्ति भावनाहरु समेटिएको गज़ल सङग्रह ‘जून हराएको रात’ लाई पनि प्रथम गजल सङग्रह ‘भावनाका भेलहरु’ जस्तै प्रिय पाठक माझ प्रिय बन्न सकोस भन्ने विश्वास लिएको गजलकार कल्पना पौडेल जिज्ञासुले बताउनुभयो । ***
Jun Harayeko Rat Final col 11015840_10205248177097559_2196742890261330357_n 11001792_10205248172577446_6409054185073474509_n 10885055_10205248570427392_870855083740842884_n 10599642_813584962011625_1496868169584152199_n

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया