शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं- एमाओवादी नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले रोल्पा भ्रमणबारे दिएको प्रतिक्रियाप्रति एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले कडा आक्रोश व्यक्त गरेका छन् ।

भट्टराई र श्रेष्ठले बिहीबार सानेपास्थित निवासमा संयुक्त पत्रकार सम्मेलन गरेर दाहालले बाटो बाटोमा व्यक्त गरेका विचार पार्टीको आधिकारिक धारणा नभएको बताएका थिए ।

एमाओवादी नेतासमेत रहेका खड्काले दुई नेताको नाम नलिई त्यसो भन्ने अधिकार उनीहरुसग नभएको बताएका छन् ।

‘संविधान निर्माण र शान्ति प्रकृयाको बाँकी कार्यभार पूरा गर्नका निम्ति जनयुध्दको आधार ईलाकाका जनतासँग भेटेर ऊर्जा लिन जानु भएका पार्टी अध्यक्षलाई बाटोमा बोल्दै हिड्नुको अर्थ छैन भन्नु जनयुध्दर गणतन्त्र स्थापनाका निम्ति शहादत प्राप्त गर्ने सहिदहरुको अपमान हो,’ उनले भनेका छन्, ‘यो अपमान स्विकार्य छैन ।’

दुई शीर्ष नेताको पत्रकार सम्मेलनबारे काठमाडौं फर्केलगत्तै एमाओवादी अध्यक्ष दाहालले प्रष्ट पार्न आग्रह गरेका थिए । ***

तपाईको प्रतिक्रिया