शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – वैदेशिक रोजगारीको व्यवस्थापनका लागि सरकारले स्मार्ट कार्डको व्यवस्था गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदार ठगिने, भनेको सूचना लिन नसक्ने जस्ता समस्या समाधान गर्न कामदारलाई लक्षित गरी सरकारले स्मार्ट कार्डको व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले सबै काम कार्डबाटै गर्न सकिने गरी सरकारले नयाँ व्यवस्था गर्न लागेको बताउनुभयो । उहाँले स्मार्ट कार्ड बनेपछि वैदेशिक रोजगारीमा जाने कामदार ठगिनबाट जोगिने पनि दावी गर्नुभयो ।
विभागले अहिले विदेश जानुअघि लिने तालिमको नक्कली प्रमाणपत्र बन्न थाले पछि अनुगमन पनि गरिरहेको छ । अनुगमनबाट धेरैलाई सचेत गराइएको ढकालले बताउनुभयो ।

केहीदिनमा म्यानपावर कम्पनीलाई पनि निगरानीमा ल्याउने ढकालको भनाई छ । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि कात्तिक १५ गतेसम्म साढे २ लाख युवा कामका लागि विदेशिएका छन् । ***

तपाईको प्रतिक्रिया