शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – एसीसी यू–१९ प्रिमियर क्रिकेटमा नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित भएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य अफगानिस्तानले ३६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा रसिद खानले चार विकेट लिए । जिया उर रहमान र शाहिदुल्लाले २–२ विकेट हात पारे ।
दुबै देशले सुरुका तीन खेल जितेर उपाधि दावेदारी प्रस्तुत गरेका थिए । आजको खेल जित्ने टीम च्याम्पियन बन्ने लगभग पक्का छ । ***

तपाईको प्रतिक्रिया