शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – आईतबार टोकियोमा नेपाल फेष्टिबलको उदघाटन समारोहमा बोल्दै जापानका पूर्व प्रधानमन्त्री डा. हातोयामा युकिओले नेपाल एक पटक पुग्नैपर्ने देश भएकोले जापानी जनताहरुलाई एक पटक नेपाल जान आग्रह गर्नुभएको छ ।

डा. हातोयामाले हालै मात्र नेपालको ५ दिने अनौपचारिक भ्रमण गरी फर्केको स्मरण गर्दै बिहान उठ्दाबित्तिकै अग्ला अग्ला लामबद्ध भएर ठिंग उभिएका हिमशृँखलाहरु देख्न पाईने, शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको पवित्र ठाउँ लुम्बिनी र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश नेपाल आफुलाई साँच्चिकै मनमोहक लागेको बताउनुभयो । ’त्यसैले जापानी मित्रहरु एकफेरा नेपाल घुम्न जान म आग्रह गर्न चाहान्छु’ – डा. हातोयामाले भन्नुभयो – ’नेपाल भ्रमणबाट यहाँहरुले स्वर्णिम आनन्द लिन सक्नु हुने छ । जापानमा नेपाल फेष्टिबलको आयोजना गरेर आफ्नो देशलाई चिनाउने काम गर्नु हुने सबैमा बधाई तथा सफलताको शुभकामना दिन चाहान्छु ।’  सो अवसरमा डा. हातोयामाले छोटो नेपाल भ्रमणबाट आफ़ु अयन्तै प्रभावित भएको पनि बताउनुभयो ।

फेष्टिबलको प्रमुख अतिथि श्रीमती अम्बिका भट्टराई, सुष्मा ओमाता, हातोयामा युकिओ, राजदूत डा. मदनकुमार भट्टराई र एनआरएन आईसीसीका कोषाध्यक्ष भवन भट्टले सामुहिकरुपमा रिबन काटेर उदघाटन गर्नुभएको थियो ।
समुदघाटन समारोहमा राजदूतपत्नी अम्बिका भट्टराई, राजदूत डा. भट्टराईले पनि फेष्टिबल सफलताको कामना गर्नुभएको थियो । यसअघि आयोजक समितिकी उपाध्यक्ष अनिता गुरुङ लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।
IMG_7816
दुई दिवसीय फेष्टिबलको पहिलो दिन आज समुदघाटन समारोहपश्चात कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा एभरेष्ट इन्टनेशनल स्कुलका बालकलाकारहरु पनि रहेका थिए । सो अवसरमा नौमती बाजा बजाएर जापानी युगल जोडिको नेपाली परम्पराअनुसार बैबाहिक सँस्कार पनि प्रदर्शन गरिएको थियो । नौमती बाजाको संयोजन भने म्याग्देली सञ्जाल जापानले गरेको थियो ।

टोकियोको केन्द्र बिन्दुमा रहेको प्रसिद्ध उएनो पार्कमा नेपाल फेष्टिबल चलिरहेको छ । नेपाली तथा इण्डियन परिकारका रेष्टुरेन्ट, ह्याण्डीक्र्याफ्टका पसल, रेमिट्यान्स, हाउजिङ, टेलिफोन कार्ड, गरगहना लगायतका स्टलहरु रहेको सो फेष्टिबलमा बिहानैदेखि अवलोकनकर्ताहरुको खचाखच भिड लागेको थियो ।

मध्यान्हसम्म भने टण्टलापुर घामले निकै बाधा पुर्‍याएको भए पनि अपरान्हदेखि मौसमले पनि साथ दिएको फेष्टिबलमा जापानी र नेपालीहरुको सँख्या आधाआधी जस्तो रहेको पाईएको छ ।
उसै पनि संधैजसो भिड लागिरहने उएनो पार्कमा यतिखेर बिभिन्न पर्व र अवसरहरु लामबध्द छन ।यतिखेरको सिजनमा लोकेशन उएनो पार्क रोजिनु नेपाल फ़ेष्टीबलको लागि सुनमा सुगन्ध थपियो नै त्यसमाथि जापानी पूर्वप्रम हातोयामाको अनपेक्षित गरिमामाय उपस्थिति र नौमति बाजामा जापानी जोडीको बिबाह अर्को आकर्षणको केन्द्रबिन्दु बन्न पुगेको थियो । फ़ेष्टिबलको दोश्रो दिन भोलि पनि जारी रहने छ ।   ***
IMG_7852 IMG_7814 IMG_7815 IMG_7825 IMG_7833 IMG_7843 IMG_7846 IMG_7850
तपाईको प्रतिक्रिया