बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

ओसाका – ओसाकामा रहेका नेपाली चेलीहरुले मंगलबार साँझ तीजको दर खाँदै शुभकामना आदानप्रदान र नाचगान गरी तीज मनाएका छन् । Osaka 1

ओसाकास्थित सुरज रेष्टुरेन्टको आयोजनामा भएको उक्त तीज कार्यक्रममा चेलीहरुले नेपाली स्वादका परिकार दर मानी खाएका थिए भने आपसमा तीजको शुभकामना आदानप्रदान गर्दै तीजे भाकामा नाचगान गरेर रमाईलो गरेका थिए ।

भोलि ५ तारिख पनि ओसाकाको तोयोनाकामा गल्कोट समाज जापानद्वारा आयोजित तीजबिशेष कार्यक्रम हुँदै छ, उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका देवी र्घर्ति मगर र फुलमाया केसीको तीजबिशेष साँगीतिक प्रस्तुती रहने जनाईएको छ । उक्त कार्यक्रममा उपस्थित भईदिन ओसाकाबासी नेपालीहरुमा हार्दिक अनुरोध गरिएको छ । ****
Osaka 7 Osaka 2 Osaka 3 Osaka 4 Osaka 5 Osaka 6

 

 

 

 

 

तपाईको प्रतिक्रिया