शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
hatyaसप्तरी- ताप्लेजुङ्गमा कार्यरत सिनियर अहेब छेदी साहको झन्डै दुई महिनापछि हत्या भएको खुलेको छ।
सप्तरीको खोक्सारप्रवाहा घर भई ताप्लेजुङ्ग अस्पतालमा कार्यरत साहको असार २५ गतै नै उनलाई हत्या गरी खोलामा बगाइदिएको पक्राउ परेका अभियुक्तहरुले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका इन्सपेक्टर रमेश महतो नौनीयाले बताए।
व्यक्तिगत रिसिइवीका कारण स्थानीय अपराधिक गिरोहले साहलाई खुकुरी र लठी प्रहार गरी हत्या गरेर खोलामा बगाइदिएका थिए ।
असार २५ गतेदेखि बेपत्ता साहको अवस्था सार्वजनिक गर्न उनको गृहजिल्लासँगै कार्यरत्त जिल्लामा सहकर्मी र आफन्तले आन्दोलन समेत गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया