शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
BIJAYA-300x199ललितपुर- मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले १० वर्षमा आफ्नो पार्टी मुलुककै ठूलो बन्ने दाबी गरेका छन् ।
पार्टी कार्यालय सानेपामा शनिवार पूर्व सभासद् राजकुमार नाल्मो लिम्बुलाई पार्टी प्रवेश गराउँदै गच्छदारले आफू ठूला पार्टीका नेताहरु प्रचण्ड, बाबुराम, शुसिल, देउवाभन्दा कुनै पनि विषयमा कम नभएको भन्दै पहिलो पार्टी बनाएर देखाईदिने बताए ।
‘कांग्रेसमा छँदा देउवालाई दुई पटक मैंले नै प्रधानमन्त्री बनाएँ’ उनले भने, ‘अहिले प्रचण्ड, बाबुरामबाट धेरै कुरा सिकेको छु, अबको १० वर्षमा मेरो पार्टी पहिलो हुनेछ, त्यो अस्वभाविक होइन ।’
आइतबारदेखि विराटनगरमा हुने पार्टीको सम्मेलनमा ५० वटा जिल्लामा प्रत्यक्षमा खडा गर्ने उम्मेदवारबारे बहस हुने उनले बताए ।

तपाईको प्रतिक्रिया