शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

CPN UML Nepalकाठमाडौं- नेकपा एमालेले संविधानसभा चुनावमा उम्मेदवारको मापदण्ड बनाउने भएको छ ।

चुनावी कार्यक्रमको तयारी र आन्तरिक विवादका विषयमा छलफल गर्न एमाले केन्द्रीय कमिटी पार्टी मुख्यालय बल्खुमा सुरु भएको छ । बैठकमा लागि यसअघि बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यसूची तयार गरेको छ ।

बैठकमा संविधानसभाको चुनावी घोषणापत्र, उम्मेदवार छनोट र मापदण्ड, निर्वाचन परिचालन कमिटी, प्रचार योजना, स्वयंसेवक परिचालन, आर्थिक परिचालन, सुरक्षा र समन्वयलगायत विषयमा छलफल हुनेछ ।

मधेस केन्द्रित विशेष जागरण अभियानका विषयमा पनि छलफल हुन सचिव युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार घोषणपत्रलाई छिटो अन्तिम रुप दिनुपर्ने भएकाले त्यसका विषयमा पनि छलफल हुनेछ । ***

तपाईको प्रतिक्रिया