आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

DSCF0492काठमाण्डौ-ग्लोबल क्यापिटल फन्ट प्रालि को आयोजनामा बिहिवार काठमाडौं स्थित सि एण्ड डब्लु रेष्टुरेन्टको हलमा जैविक खेति बिषयक अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सह सचिव, आइपिएम कार्यक्रमका संयोजक तथा वाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक युवकध्वज जिसिले आइपिएम हुंदै प्राङ्गारिक खेतिमा लाग्न किसानहरुलाई सुझाब दिनुभयो । उहांले विकासे कार्यकर्ताका कारण नेपालमा कृषि क्षेत्रको विकास हुन नसकेकाले यस तर्फसचेत रहन पनि किसानलाई आग्रह गर्नुभयो । रासायनिक मल तथा बिषादी न्युनिकरण गर्नु भन्दा पनि कसरी आफ्नो ब्यापार बढाउनु पर्छ  भन्नेमा विकासे भनिएका कम्पनिहरु लागेका छन् ।  उहाँले भन्नुभयो- यसका पछाडि नलागि रासायनिक बिषादी न्युनिकरण गर्दै जैविब खेति तर्फ लाग्नु पर्छ । नेपाली किसान आत्मनिर्भर हुन पनि जैविक खेतितर्फ लाग्नु पर्ने सुझाब दिंदै जिसिले नेपालकै जैविक बिषादी तथा मल प्रयोग गर्नुपर्ने बताउनुभयो । जिसिआई प्रालिको कृषिमा लगानी गर्ने योजनालाई प्रसंशा गर्दै उहाँले सरकार पनि सँगै मिलेर जान तयार रहेको बताउनुभयो । तर उहाँले किसान जिसिआई जस्तो प्रालि र सरकारको संयुक्त पहल आवश्यक छ भन्नुभयो ।
बिज्ञान तथा प्रबिधि मन्त्रालयका कृषि सल्लाहकार हरी बहादुर भण्डारीले सरकारले जैबिक खेति सम्वन्धी नीति तथा मापदण्ड नबनाई सके पनि केहि आशलाग्दा शुरुवातहरु गरेको जानकारी दिनुभयो । ढिलै भए पनि सरकारले कृषिमा बिमा गर्ने नीति ल्याएको, जैविक मल बनाउने कम्पनीलाई अनुदान दिने नीति ल्याएको र आगामी वर्षा लगानी बढाउने तयारी गरेको जानकारी भण्डारीले बताउनुभयो । जैविक खेति गर्ने किसानलाई मुख्य समस्या बजारको रहेकाले निरन्तर उत्पादन दिन नसके समस्या आउने उहाँको भनाई थियो । जिसिआई जस्तो संस्थाले लगानी, प्रबिधि र बजारको ब्यवस्था मिलाउने भनेकाले आफू निकै आशावादी भएको बताउँदै उहाँले सबै किसान संगठित भएर जैबिक उत्पादन बृद्धिमा लाग्नुपर्दछ भन्नुभयो ।

DSCF0513 (1)
त्यस्तै कृषि विभागकी बरिष्ठ तालिम अधिकृत याम कुमारी श्रेष्ठले जैबिक खेति के हो र यसको शुरुवात कसरी गर्ने भन्नेवारे कार्यक्रममा उपस्थित किसानहरुलाई बताउनुभएको थियो । सो क्रममा उहाँले कसरी जमिन र माटोको छनोट गर्ने अनि प्राङ्गारिक खेतिको मापदण्ड के के हुन् भन्ने जस्ता कुराहरु प्रष्ट पार्दै माटो जिवित चिज भएकाले यसको संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो- आ-आफ्नो देशको वातावरण, माटोको अवस्था अनुसार मापदण्ड निर्धारण गर्नुपर्छ । यहि मापदण्ड भन्ने हुंदैन ।
कार्यक्रममा अधिवक्ता एवं जिसिआई प्रालिका बोर्ड अफ र्डाईरेक्टर जस बहादुर कोख्राकले जिसिआई सदैव किसानको हित गर्न तत्पर रहेकाले नेपालमा कृषिको बिकासका लागि सम्पूर्ण काम  गर्ने गरी योजना ल्याएको बताउनुभयो । जिसिआईको लक्ष्य कृषिमा नेपाललाई आत्मनिर्भर बनाई आर्थिक बृद्धि गर्ने हो । उहाँले भन्नुभयो किसानका दुःख मर्का बुझेर सोहि अनुरुप कम्पनी अगाडि बढ्ने छ ।

DSCF0460 (1)
उपत्यका वरिपरीबाट आएका ६० भन्दा बढि ब्यवसायिक जैबिक किसानको सहभागीता रहेको उक्त कार्यक्रममा उठेका जिज्ञासा एवं जैबिक उत्पादनबारे कृषि बिज्ञ तथा जिसिआई प्रालि कृषि बिभाग प्रमुख जुम गुरुङले राख्नुभएको थियो । उहाँले जिसिआईले किसानलाइ तीन पोकाको रुपमा लगानी, प्रबिधि र बजार दिने साथै किसानबाट विश्वास र उत्पादीत दर्ुइ वस्तुको आश गरेको बताउनुभयो । साथै जिसिआईको अरुको भन्दा सस्तोमा किसानलाई लगानी गरिने योजना रहेको पनि गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रमको सभापतित्व जिसिआई वरिष्ठ प्रवन्धक रेणु श्रेष्ठले गर्नुभएको थियो । कम्पनीका रिलेसन म्यानेजर मान बहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण न्यौपानले गर्नुभएको थियो ।***

तपाईको प्रतिक्रिया