बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
Yadu Bansh Jhaकाठमाडौं- वनमन्त्री यदुवंश झा मन्त्रालयकै सचिव कृष्णचन्द्र पौडेलविरुद्ध खुलेर लागेका छन् । सचिवले सहयोग नगरेको आरोप लगाउँदै उनले मन्त्रालयकै विभागीय प्रमुख, महाशाखाका सहसचिव र भेट्ने जोसुकैसँग पौडेलको ‘खेदो खन्ने’गरेका छन् ।
सचिव पौडेलले काममा सहयोग नगरेको आरोप लगाउँदै दुई पटक झाले उनलाई सरुवा गरिदिन प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष दबाब दिदै आएका पनि छन् । मन्त्री झाले पौडेलले कर्मचारी सरुवामा सहयोग नगरेको, गोदावरी उद्यान निजी क्षेत्रलाई दिन सचिव बाधक बनेको, केही जडिबुटी निकासी गर्न असहयोग गरेको, खोटो संकलन गर्ने कम्पनीको म्याद थप प्रक्रियामा सहयोग नगरेकोलगायत आरोप लगाएका छन् ।
सचिवले भने आफू वनकै विज्ञ भएकाले वनक्षेत्रको दिगो विकास र वन क्षेत्रका समस्या समाधानमा आफू दृढ भएर अघि बढिरहेको दाबी गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया