बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
prachandaहेटौँडा– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हेटौँडामा शनिबार सातौँ महाधिवेशन उदघाटन गरेका छन् ।
हुप्राचौरमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उदघाटन गरेका हुन् । महाधिवेशनमा सहभागी हुन देशभरका नेता तथा कार्यकर्ताहरू हेटौँडा आइसकेका छन् ।
नजिकका जिल्लाहरू चितवन, धादिङ, गोरखा, बारा पर्सालगायतका जिल्लाबाट नेता तथा कार्यकर्ताहरू आएका छन् । एमाआदीले दिउँसो यहाँस्थित चार स्थानबाट जुलुस निकालेको थियो ।
एमाओवादीका अनुसार औद्योगिक क्षेत्र, राप्ती पुल, रोपवे चौर र पोखरा चौरबाट जुलुस निकालिएको थियो । औद्योगिक क्षेत्रबाट बारा, पर्सा र पूर्वी क्षेत्रका कार्यकर्ता जुलुसमा सहभागी हुनेछन् भने राप्ती पुलबाट तमुवान र अवध क्षेत्रका कार्यकर्ता सहभागी आए ।
तपाईको प्रतिक्रिया