बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
bidhya-bhandari3म्याग्दी– नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिले नया“ व्यक्तिलाई प्रधानमन्त्री चयन गरेमा सहज रूपमा अहिलेको राजनीतिक समस्याको समाधान हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेत्री भण्डारीले अहिलेकै स्थितिमा दलहरूबीच सहमति जुट्ने सम्भावना नरहेकाले राष्ट्रपतिले नयाँ  व्यक्तिलाई प्रधानमन्त्री तोके सबै दल सहमतिमा आउन बाध्य हुने धारणा व्यक्त गर्नुभयो ।
सहमतीय सरकारका लागि आह्वान गर्दै राष्ट्रपतिले पटकपटक समय थपे पनि सत्तारुढ दलहरू सर्वसत्तावादी बन्दै गएकाले नया“ निर्वाचनका लागि राष्ट्रपति आफै“ले प्रधानमन्त्री चयन गर्नुपर्ने उहा“को भनाइ थियो ।
“शून्यतामा मुलुक जान खोज्यो भने यसको निकास संवैधानिक राष्ट्रपतिबाटै हुनुपर्छ” उपाध्यक्ष भण्डारीले भत्रुभयो,— “उहा“ राष्ट्रपति मात्रै नभएर मुलकको अभिभावक भएको नाताले उहा“ले नया“ प्रधानमन्त्री चयन गर्नसक्नु हुन्छ ।”
वर्तमान सरकारको नेतृत्वमा निर्वाचन हुनै नसक्ने उहा“को जिकिर थियो । विपक्षी दलहरूले निर्वाचनका लागि सहमतीय सरकार गठन गर्नका लागि दबाब दिन आन्दोलन जारी राख्ने बताउनुभयो । स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन हुने सरकारबाट निर्वाचन सम्भव नरहेको भण्डारीको तर्क छ ।
उहा“ले मूलधारका दलहरूको सहमतिमा प्रधानमन्त्री चयन गर्नु नै उत्तम विकल्प रहेको बताउ“दै मधेसी दल र माओवादीले व्यवहार परिवर्तन नगर्दासम्म उनीहरूस“ग कुनै सहकार्यको सम्भावना नरहेको बताउनुभयो । “लोकतन्त्रलाई खतरामा पारेर माओवादी र मधेसीदलस“ग कुनै सम्झौता गर्न सकित्र” भण्डारीले भत्रुभयो ।
तपाईको प्रतिक्रिया