मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
नयाँदिल्ली- भारतको मध्यप्रदेशमा महाभारत कालको बहुपति प्रथा अझै कायम छ । उक्त प्रदेशको मुरैना जिल्लामा एक श्रीमतीको आठ वटासम्म लोग्ने हुन्छन् । त्यहाँ दुई/तीन श्रीमान हुनुलाई त सामान्य मानिन्छ ।
यो जिल्लामा बेहुलीको एउटै परिवारका सम्पूर्ण दाजुभाईसँग बिहे गराइन्छ । बिहेपछि पालो मिलाएर दुलही सबै श्रीमानसँग समय व्यतीत गर्छन् । यस्तो परम्परामा महिलाको खुसीभन्दा बाध्यता बढी हुन्छ । त्यहाँ बसोबास गरिरहेका एक निश्चित जाति एवं धर्ममा छोरीको कमीका कारणले स्थानीय समाजले यस्तो नियम बनाएको हो । यो नियमअनुरुप कुनै घरमा छोराहरु भएमा उनीहरुले एउटा मात्र केटीसँग बिहे गर्नुपर्छ । यो जिल्लाको अधिकांश गाउँको प्रत्येक घरमा धेरै श्रीमान भएकी एक मात्र बुहारी देख्न सकिन्छ ।
यो परम्परामा जसले बिहे गरेर ल्याए पनि बेहुलीमाथि सबै दाजुभाइको बराबर हक हुन्छ । ***
तपाईको प्रतिक्रिया