मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
rangoकाठमाडौं- राँगो मार्न प्रहरीले गोली नै चलाउनु परेको छ ।
बुधबार काठमाडौंको रामकोटस्थित गोतामथोकमा एउटा राँगो मार्न प्रहरीले तीन राउन्ड गोली नै हान्नुपर्‍यो ।
स्युचाटारस्थित एलआरआई स्कुलअगाडि डोर्‍याएर ल्याउँदै गरिएको राँगो अकस्मात फुत्किएर भागेको थियो ।
मान्छे देखेपछि आक्रमण गर्ने, हान्ने र खेती नष्ट गर्ने उक्त राँगोलाई झन्डै पाँच किलोमिटर टाढा रामकोट पुगेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।
महानगरीय प्रहरी वृत कालीमाटी र स्युचाटार प्रहरी प्रभागबाट अपराहृन दुई वजे देखि परिचालित प्रहरी चार वजे राँगो मार्न सफल भएका थिए ।
हनुमानढोकाका एसएसपी रणबहादुर चन्दले भने-राँगो नियन्त्रणमा दिनको लागि २५ जना प्रहरी परिचालित थिए । **
तपाईको प्रतिक्रिया