आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – भोलि जुलाई ८ तारीख आईतबार टोक्योको ईकेबुकुरोमा हुन गईरहेको अध्यागमनको नयाँ नियम र प्राकृतिक दैविप्रकोप सम्बन्धि सेमिनार कार्यक्रमको सम्पुर्ण तयारि पुरा भईसकेको आयोजकले जानकारि गराएको छ ।

थसेस जापानद्वारा आयोजना हुने उक्त कार्यक्रम समय सान्दर्भिक र जापानबासि नेपालीहरुको चाहाना, आवश्यकता अनुसार तय गरिएको बताईएको छ ।

बिभिन्न माध्यमद्वारा जापानबासी नेपालीहरुलाई आमन्त्रण गरिएको भएता पनि खवर नपुगेको महानुभावहरुलाई आधिकारिक रुपमै उपस्थितिको लागि पुन यसै सुचना मार्फत् हार्दिक निमन्त्रणा गरिएको आयोजकले बताएका छन् ।

तोकिएकै समयमा नै कार्यक्रम सुरु हुने बताउँदै गराउँदै यस जानाकारिमुलक कार्यक्रममा उपस्थिति जनाएर मौकाको फाईदा उठाउन हुन पनि आयोजकले अनुरोध गरेको छ ।

सेमिनारका बिषयहरुः

१) जुलाई ९ बाट लागु हुने ईमिग्रेसन सम्बन्धि नयाँ नियमको बारेमा – नेपाली भाषामा जापानी बिज्ञबाट

२) भुकम्प तथा प्राकृतिक दैबिप्रकोपबाट बच्ने उपाय एवं अपनाउनुपर्ने रणनिति आदि – टोक्यो एमएक्स टेलीभिजनका न्युज कमेन्टेटरबाट

कार्यक्रम बिवरणः

मिति: जुलाई ८, २०१२ (आईतबार)

समय: दिउसोको १:१५ देखी ४:३० बजे सम्म

स्थान: सेईकाचु सान्ग्यो ल्पाजा

ठेगाना: १-२०-१५, हिगासी ईकेबुकुरो तोसिमा-कु, टोक्यो १७०-००१३ जापान

(ईकेबुकुरो स्टेशनको हिगासिगुचिबाट हिडेर ५ मिनेट मात्र)

सम्पर्क नं: ०३-५९९२-७०११ (हलको)

थप सहयोग सम्पर्कको लागि: ०९०-२३१९-००२७, ०९०-३५०६-३४११, ०८०-४१७४-८५५३, ०८०-५४८७-३१८३, ०८०-५४८६-८५५३

ईमेल : [email protected], [email protected]

आयोजक : थकाली सेवा समिति, जापान

होमपेज (कार्यक्रम स्थल)

म्याप (कार्यक्रम स्थल)

तपाईको प्रतिक्रिया