आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – बिहिबारका दिन साईतामाकेनको तोक्रोजावा स्थित आफ़्नै कोठामा मृतक अवस्थामा भेटिएका बाग्लुंग जिल्ला गल्कोट मल्म-७ घर भएका ३८ बर्षिय स्व. ललित साहनी (बिष्णु) को अन्तिम दाहसंस्कार आज २०१२ जुलाई ७ तारिख शनिबारका दिन गरिने भएको छ ।
साईतामाकेन, तोक्रोजावा  सिटी, किताहारा च्यो १२८२ बान्ची स्थित तोक्रोजावा सि साइज्योमा शनिबार दिउसो उनको अन्तिम संस्कार गरिने भएकोले स्व. साहनीप्रति अन्तिम  श्रद्धान्जली अर्पण गर्न चाहनुहुने महानुभावहरुलाई दिनको साढे २ बजे भित्र  सम्बन्धित स्थानमा उपस्थित भईदिनुहुन अनुरोध गरिएको छ ।

समयमै उपस्थित हुने महानुभावहरुको लागि सेइबु सिन्जुकु लाइनको कोकुकोएन स्टेशनको हिगासी गुची (पूर्वी ढोका) बाट साइज्यो सम्म जानको लागि गाडिको पनि ब्यवस्था गरिएको छ । जसको लागि अनिल थापा (080-1208-0800) अथवा बिक्रम खत्री (080-3575-4061) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

यस बाहेक अन्य जानकारीको लागि लक्ष्मण खत्री (090-7840-3722), तर्क बहादुर थापा (090-4261-9237), तेजिन्द्र थापा (080-5166-4830) र प्रदिप थापा (080-3972-6584) लाई सम्पर्क गर्नुहुन पनि अनुरोध गरिएको छ । ***

तपाईको प्रतिक्रिया