Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

टोकियो – आफ्नै कोठाको बाथरुममा झुण्डिएर आत्महत्या गरेकी भनिएको अर्घाखांचीका अमृता थापाको पोष्टमार्टमको रिपोर्ट आएको छ ।

आत्महत्या गरेकी अमृताको पोष्ट मार्टमको  रिपोर्टअनुसार मृत्युको कारण आत्महत्या नै भएको पुष्टी भएको अस्पताल श्रोतले जनाएको छ । उनको अन्त्येष्टी आउँदो जुलाई २ तारिख सोमबार अपरान्ह ३ बजे टोकियो सिनकोयन्जीमा गरिने भएको छ ।

अर्घाखांची धारापानी गाबिस फलामखिल्ली घर भै हाल टोकियो आसागयामा बस्दै आएका २५ बर्षिय अमृता थापाले अस्ती बुधबार राती बाथरुममा झुण्डिएर आत्महत्या गरेको उनका आफन्त धनु थापाले बताएका हुन् । अमृता श्रीमानको डिपेन्डमा ११ महिना अघि जापान आएकी हुन ।

४ बर्ष अघि जापान आएका रेष्टुरेन्ट क्षेत्रमा रोजगाररत अमृताका श्रीमान चेतनारायण थापा श्रीमतीसहित आसागयमा बस्दै आएका थिए । सोही राती श्रीमान चेतनारायण कामबाट फर्केपछि थापा दम्पतीबिच सामान्य बिबाद भएको र बिबादपछि युकेमा रहेका अमृताको दाजुसंग स्काईपमा सम्पर्क भएको थियो । श्रीमान चेतनारायणले बाहिर बसेर युकेमा रहेका आफ्ना जेठानसंग वार्तालाप गरिहरेको अवस्थामा श्रीमती अमृताले बाथरुममा झुण्डिएर आत्महत्या गरेको बताईएको छ । सँधै झै चेतनारायणले त्यो दिन पनि बाहिर बसेर स्काईपमार्फत युकेमा रहेका जेठानसंग हालखबर आदानप्रदान गरेका थिए । श्रीमान बाहिर भएको अवसर पारी अमृताले बाथरुमको रुमाल झुण्ड्याउने ह्याङ्गरमा झुण्डिएर प्राण त्याग गरेको बताईएको छ ।

श्रीमान चेतनारायण कोठाभित्र पस्दा अमृताको अवस्था देखेपछि प्रहरी बोलाई तुरुन्त अस्पतालमा लगिएको भए पनि अस्पतालले मृत घोषणा गरेको र पोष्ठमार्टमको लागि प्रहरीको रोहबरमा शव जिम्मा लिएको थियो भने आशंकाको घेरामा तानिएका श्रीमान चेत नारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक सोधपुछ र छानबिनपछि हिजो साँझ श्रीमान चेतनारायणलाई प्रहरीले रिहा गरेको थियो ।

मृतक अमृताको घर तथा माईती पक्षका पारिवारिक सरसल्लाहमा उनको अन्तिम सँस्कार जापानमै गरिने भएको हो ।

प्राणै त्याग्नेसम्मको त्यस्तो जटिल निर्णय अमृताले किन गर्न पुगिन् तथ्यको नजिक पुग्न भने केहि समय लाग्ने देखिन्छ । थापादम्पतीलाई नजिकबाट चिनेजानेकाहरुकाअनुसार उनीहरुबिच कुनै त्यस्तो वैमनष्यता र मतभिन्नता नरहेको बताईन्छ ।

थापा दम्पतीका नेपालमा एउटी ९ बर्षिया छोरी छिन् ।  ***

सम्बन्धित समाचार 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया