Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा आयोगले विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था गर्न लागेको बताएका छन् ।

राजविराजमा मंगलबार आयोजित अन्तर्क्रियामा आयुक्त डा. यादवले निर्वाचनलाई विश्वसनीय, तटस्थ, स्वच्छ र छिटोछरितो बनाउने लक्ष्यअनुरुप आयोगले यसो गर्न लागेको जानकारी दिए ।

उनले संसारका राम्रा निर्वाचनमध्ये नेपालको निर्वाचन आयोग बनाउने ध्येयका साथ विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था गर्न खोजिएको पनि बताए ।

स्वच्छ निर्वाचनका लागि चलाइएको कार्यक्रममा अवरोध सिर्जना गरेर नागरिकताबिना पनि नाम सङकलन गर भन्नु युक्तिसङगत नहुनेतर्फ विचार गर्न उनले राजनीतिक दलहरूसँग आग्रह गरे ।

निर्वाचन आयोगले नागरिकताको प्रमाणपत्र वितरण नगर्ने भएकाले सरकारको सम्बन्धित मन्त्रालय र त्यसअन्तर्गत सबै जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिनुपर्ने र राजनीति गर्नेहरूले दिलाउन सहयोग गनुपर्ने उनको भनाई थियो ।

पचहत्तरै जिल्लामा नागरिकता बाँड्ने क्रम रोकिएको छैन भने स्वच्छ निर्वाचनका लागि नामावली संकलन गर्न पनि अवरोध गर्न नहुने उनले बताए ।

विद्युतीय मतदान यन्त्रबाट मतदान गराउने प्रक्रियाको व्यावहारिक ज्ञान तथा फोटोसहितको मतदाता नामावली सम्बन्धी अन्तर्क्रियामा आयोगका शाखा अधिकृत महेशराज तिम्सिनाले सैद्धान्तिक प्रस्तुतीकरण तथा फोटोसहितको मतदाता नामावली कार्यक्रमको वर्तमान अवस्था र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।

विद्युतीय मतदान यन्त्रबाट मतदान गराउँदा धाँधली नियन्त्रण हुने, सहज हुने, मत बदर नहुने शाखा अधिकृत श्रीरामप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा काँग्रेस, एमाले, माओवादीलगायत राजनीतिक दलका प्रतिनिधीहरूले विद्युतीय मतदान यन्त्रबाट मत खसाउने कार्यका लागि मतदाता शिक्षामा जोड दिए । कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत प्रदीपकुमार साहले जिल्ला निर्वाचन कार्यालयमा निरन्तर फोटोसहितको मतदाता दर्ता प्रक्रिया जारी रहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता थियो । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया