Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

आबुधाबी – मगर समाज युएई अबुधाबी क्षेत्रीय समितिको जुन २२ मा अबुधाबीको कर्नेश पार्कमा भएको बिशेष अधिबेशनले कुमार खपांगी मगरको संयोजनमा २१ सदस्य अबुधाबी क्षेत्रीय समितिको कार्य समिति गठन गरेको छ ।

सन २००५ देखि युएइमा रहेका मगर समुदायको प्रतिनिधित्व गर्ने साझा संस्थाको रुपमा क्रियाशील मगर समाज युएईले आफना क्षेत्रीय समितिलाइ अझ बढी सक्रिय बनाउन नयां सदस्यहरुलाई जिम्मेवारीमा ल्याउन अधिबेशन सम्पन्न गरेको हो । आबुधाबी क्षेत्रीय समितिका निबर्तमान अध्यक्ष जेबी राना मगर समाजको युएई केन्द्रीय समितिको उपाध्यक्ष भएपछि समाजको एक ब्याक्ति एक पदको अबधाराणाअनुसार नयां समिति बनाईएको संगठनप्रमुख चन्द्र सारु मगरले बताए ।

नवनिर्वाचित समितिमा सोम थापा मगर र छबिलाल सिंजाली मगर गरी दुईजना उपाध्यक्ष रहेका छन । सुरेन्द्र रोक्का मगर सचिब रहेको समितिमा अमर थापा मगर सहसचिब र प्रेम थापा मगर कोषाध्यक्ष रहेका छ्न । अधिकांश नया सदस्यहरुलाई जिम्मेवार बनाउने योजनाअनुसार नवगठित समितिको कार्य समिति सदस्यहरुमा नयां अनुहारहरुको बाहुल्यता रहेको समितिमा सदस्यहारु क्रमश यामबहादुर रानामगर, सुमन सारु, सिता थापा, बिरेन्द्र मगर, तुलसी थापा, लालबहादुर दर्नामी मगर, टोप सारु मगर, राजकुमार मगर, बसन्ती सारुमगर, भिमा मगर, सनबहादुर धर्तीमगर, रिजन थापा, दीपक थापामगर, थमन मगर, रन्जित धर्तिमगर रहेका छन ।

नवनिर्वाचित सदस्यहरुलाई संगठन तथा समाजको राहत कोषको बारेमा प्रशिक्षणमूलक जानकारी समाजका महासचिब भारत मगरले गराएका थिए भने प्रमुख अतिथि जनजाती माहसंघ युएइका अध्यक्ष गिरिमान थापाले नबनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिएका थिए । समाजका केन्द्रीय समिति अध्यक्ष नुनप्रसाद सोमइ मगरको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनजाती माहासंगका पूर्वअध्यक्ष भुबन राईले पनि कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । छबिलाल सिंजाली मगरको सभापतित्वमा सम्पन्न अधिबेशनको अन्त्यमा निर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय कमिटीका अधय्क्ष नुनप्रसाद सोमइ मगर महासचिब भारत मगर र संगठन प्रमुख चन्द्र सारु मगरले मगर समाजको विधानको धारा ८ अनुसार सपथ ग्रहण गराएका थिए । ***

 

तपाईको प्रतिक्रिया