Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं –  एमालेले बहुजातीय पहिचानका ७ प्रदेशको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको छ । राज्य पुनःसंरचना, तत्कालीन राजनीतिक निकास र संविधानसभामा पार्टीले खेलेको भूमिकालगायत विषयमा छलफल गर्न बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा नामसहितका सात प्रदेशको नाम स्थायी समितिका तर्फबाट प्रस्तुत गरिएको हो ।

प्रस्तावित प्रदेशमा किरात लिम्बुवान कोसी, मिथिला भोजपुरा जनकपुर, तम्सालिङ, नेवाः बागमती, अवध थरुहट लुम्बिनी, मगरात तमुवान गण्डकी, भेरी, कर्णाली र सेती महाकाली रहेका छन् । सामर्थ्य र पहिचानका आधारमा साझा पहिचानका प्रदेश बनाउने नीतिगत निर्णय गरे पनि प्रदेशको संख्या र नामका विषयमा एमालेले आधिकारिक निर्णय अहिलेसम्म गरेको थिएन ।

एकल जातीय पहिचानको माग गर्दै उपाध्यक्ष अशोक राईसहित जनजाति नेताहरूले असन्तुष्टि जनाइरहेका बेला केन्द्रीय कमिटी बैठकमा बहुजातीय पहिचानका ७ प्रदेशको प्रस्ताव आएको हो । प्रदेशहरूको सीमा निर्धारण गर्न भने विज्ञहरूको आयोग बनाउनुपर्ने एमालेको धारणा छ ।

मंगलबार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला र फागुनको अन्तिम साता सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले पनि बहुजातीय पहिचानका प्रदेश बनाउनुपर्ने सुझाव पार्टीलाई दिएको थियो । मंगलबार सम्पन्न कार्यकर्ता भेलामा अधिकांश कार्यकर्ताले बहुजातीय पहिचानका सात प्रदेशको अवधारणा केन्द्रीय कमिटीबाट तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको थियो । भेलाको सुझाबअनुसार स्थायी समितिका तर्फबाट बिहीबारको केन्द्रीय कमिटी बैठकमा सात प्रदेशका अवधारणा प्रस्तुत गरिएको हो ।

यस्तै, तत्कालीन राजनीतिक निकासका विषयमा भने एमालेले संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठन गरी संविधानमा रहेका बाधा अड्काउ फुकाएर नयां चुनावमा जानुपर्ने अवधारणा बैठकमा प्रस्तुत भएको छ ।

राज्य पुनःसंरचना र तत्कालीन राजनीतिक निकासमा प्रस्तुत अवधारणाका विषयमा बिहीबार १४ केन्द्रीय सदस्यहरूले आ–आफ़्नो धारणा राखेका थिए । बिहीबार उपाध्यक्ष वामदेव गौतम, राजेन्द्र पाण्डे, काशीनाथ अधिकारी, योगनारायण यादव अष्टलक्ष्मी शाक्य, कर्णबहादुर थापालगायत नेताले बोलेका थिए । यस्तै, संविधान बन्न नसकेका विषयमा श्वेतपत्र जारी गर्न एमालेले अध्ययन कार्यदल बनाउने प्रस्ताव पनि केन्द्रीय कमिटीमा प्रस्तुत गरेको छ । सचिव शंकर पोखरेलको संयोजकत्वमा गठन प्रस्ताव गरिएको कार्यदलमा प्रदीप ज्ञवाली, भीम रावल, बिन्दा पाण्डे, रघुवीर महासेठ, थममाया थापा र अग्नि खरेल सदस्य छन् । संविधानसभाले गरेका काम र पछिल्लोपटक संविधानसभाको विघटन हुने अवस्थासम्मको सम्पूर्ण अध्ययन गरी श्वेतपत्र जारी गर्ने एमालेले जनाएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया