Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – आउँदो जुलाई ९ तारिखदेखि परिबर्तन हुन गईरहेको अध्यागमन नियम सम्बन्धि नेपालीहरुलाई जानकारी दिने उद्देश्यले  आज टोकियोमा एक सेमिनार सम्पन्न भएको छ ।

नेपालीहरुका लागि नेपालीभाषी अनुवादककोसमेत ब्यवस्था रहेको सो सेमिनारमा टोकियो क्षेत्रिय अध्यागमन ब्यूरोका निर्देशक ताकाहासीले परिबर्तन हुन गईरहेको नयाँ नियम सम्बन्धि विविध बिषयमा जानकारी गराए । सो अवसरमा उनले जापानमा बसोबास गर्ने बिदेशीहरुका लागि हालसम्म जारी गरिदैं आएको एलियन रजिष्ट्रेशन कार्डको सट्टामा नयाँ ब्यवस्थाअनुसार आवासीय कार्ड जारी गरिने बताए ।

उनले आउँदो जुलाई ९ तारिखदेखि पर्यटक वा छोटो भिसाबाहक बिदेशी बाहेक जापान प्रवेश गर्ने अन्य नवागन्तुकहरुका लागि विमानस्थलमै आवासीय कार्ड उपलब्ध गराईने जानकारी गराउँदै हालका लागि नारिता, हानेडा, कान्साई र चुबु अन्तरराष्ट्रिय विमानस्थलमा मात्र उक्त कार्ड जारी गरिने सुबिधा रहेको बताए । उनले अन्य अन्तरराष्ट्रिय विमानस्थलमा भने क्रमश: बिस्तार गरिने कार्यक्रम रहेको बताएका छन् ।

 पहिलेदेखि जापानमै रहेका बिदेशीहरुको हकमा भने निजको भिसा र कार्डको म्याद सन् २०१५ जुलाई ८ सम्म भएको खण्डमा साबिकै एलियन रजिष्ट्रेशन कार्डलाई नै आवासीय कार्डको मान्यता दिईने बताउँदै उनले उक्त मिति अगावै आवासीय कार्डको लागि आबेदन गर्नुपर्ने जानकारी दिए । त्यो मिति अगावै भिसा वा र एलियन रजिष्ट्रेशन कार्डको म्याद गुज्रिने भएमा भने थप भिसा आवेदन गर्ने बेलामै आवासीय कार्डका लागि अध्यागमन बिभागमा आवेदन गर्नुपर्ने ताकाहासीले बताए ।

सेमिनारमा ताकाहासीले बिभिन्न शिर्षक र उपशिर्षकमा नयाँ नियमावलीमा ब्यवस्था गरिएका प्रावधानहरुका बारेमा गराएका जानकारीहरुलाई बुँदागतरुपमा यहाँ प्रस्तुत गरिएको छ ।

 आवासीय कार्ड सम्बन्धमा

१. पर्यटकलगायत छोटो अवधिका भिसाबाहक बाहेक अन्यलाई एलियन रजिष्ट्रेशन कार्डको सट्टा आवासीय कार्ड जारी गरिने ।
२. पर्यटकलगायत छोटो अवधिका भिसाबाहक बाहेक अन्य नवागन्तुकलाई उक्त कार्ड तोकिएको चार बिमानस्थल नारिता, हानेडा, कान्साई र चुबु मै जारी गरिने ।
३. पहिलेदेखि जापानमै रहेका बिदशीहरुको हकमा भने नयाँ नियम लागु भएको मितिपश्चात निजको भिसाको अवधि कुन मितिसम्म छ सोही मितिमा अर्थात भिसा थप गर्ने बेलामै आवासीय कार्डका लागि अध्यागमनमा आवेदन गर्नुपर्ने ।

४. जापानमा रहेका सबै बिदेशीहरुलाई एलियन रजिष्ट्रेशन कार्डको सट्टा आवासीय कार्डको ब्यवस्था गर्न अध्यागमन बिभागले आउँदो जुलाई ९, २०१२ देखि जुलाई ८, २०१५ सम्मको तीन बर्षको अवधिलाई रुपान्तरण कालखण्ड मानेर भिसाको प्रकृति, अवस्था र अवधिअनुसार रुपान्तरण गर्दै जाने नीति रहेको ।
५. आवासीय कार्ड इमिग्रेशनले जारी गर्ने भएपनि बस्ने ठाउँको नयाँ ठेगाना दर्ता भने आफु बसेको सिटी कार्यालय (स्थानिय निकाय) मा १४ दिनभित्रमा अनिबार्य गराउनुपर्ने । अन्यथा भिसा रद्द हुन सक्ने ।
६. बसाईसराई गर्दा छोड्ने स्थानिय निकाय (कुयाक्शो वा सियाक्शो) मा आफुले बसाईसराई गर्न लागेको र जाने ठाउंको नयाँ ठेगाना जानकारी गराई त्यहाँको कागजात लिएर नयाँ ठाउँको स्थानिय निकायमा आफ्नो ठेगाना दर्ता गराउनुपर्ने । बाटोको म्याद १४ दिनभित्र नयाँ निकायमा दर्ता गराईसक्नुपर्ने । अन्यथा भिसा रद्द हुन पनि सक्ने ।
७. आवासीय कार्डमा कार्डबाहकको नाम, लिंग, राष्ट्रियता, बस्ने ठाउँको ठेगाना, भिसाको प्रकृति, भिसाको अवधि लगायतका आधारभुत जानकारी मात्र उल्लेख गरिएको हुने । तुलनात्मकरुपमा पहिलेको एलियन रजिष्ट्रेशन कार्डमा भन्दा आवासीय कार्डमा कम विवरण उल्लेख रहने ।
८. नयाँ ब्यवस्थाअनुसार बिदेशीहरुले पनि अब जापानीहरुसरह जुमिन्ह्यो अर्थात फेमिली रजिष्ट्रेशन प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् भने एलियन रजिष्ट्रेशन कार्डको प्रमाणित प्रमाणपत्रको ब्यवस्था भने खारेज हुने ।
९. बिद्यार्थीहरुले स्कुल वा कलेज परिबर्तन भएमा, रोजगारीमा रहेकाहरुले कम्पनी परिवर्तन भएमा १४ दिन भित्र इमिग्रेशनमा अनिवार्य जानकारी गराउनुपर्ने । अन्यथा भिसा रद्द हुनसक्ने । सम्बन्धित ब्यक्ति आफै गएर वा हुलाकद्वारा पठाएर पनि जानकारी गराउन सकिने ।

रि- इन्ट्री भिसा (पुनः प्रवेश अनुमति) सम्बन्धमा

१. स्वदेश वा जापान बाहिरका दोश्रो मुलुक गएर जापान आउनुपरेको अवस्थामा अहिलेसम्म इमिग्रेशनबाट रि–इन्ट्रि भिसा लिनुपर्ने ब्यवस्था खारेज हुने । तर लामो अवधिका भिसाबाहकहरुका हकमा १ बर्षभन्दा बढि बिदेश बसेर जापान फ़र्कनुपर्ने स्थितिमा भने रि–इन्ट्रि भिसा अनिवार्य लिनुपर्ने ।
२. भिसा अवधिभर एक बर्षभित्र जतिपटक नेपाल वा अन्यत्र आवतजावत गर्नु परे पनि रि–इन्ट्रि भिसा लिन नपर्ने ।
३. शरणार्थी भिसाका लागि आवेदन दिएकाहरुले पनि दोश्रो मुलुक गएर जापान आउनका लागि रि-न्ट्रि भिसा माग गर्न सक्ने तर प्राप्त हुने वा नहुने अन्तिम निर्णय भने ईमिग्रेशनको हुने।
४. रि-इन्ट्रि भिसा नलिईकन १ बर्षभन्दा लामो अवधि बिदेश बसेर जापान फर्केमा निजको स्थायी भिसा वा जुनसुकै भिसा भएपनि रद्द हुने ।
५. नयाँ नियम लागुभएपछि इमिग्रेशनले जारी गर्ने थप भिसाको स्ट्याम्प राहदानीमा नभएर आवासीय कार्डमा लगाईने । (जसका कारण राहदानी बोकेर हिड्नुपर्ने झन्झट कम हुने तर राहदानीको भिसा हेरेर प्रस्थान गराउने सम्बन्धित मुलुकका अध्यागमनले भने अनावश्यक झमेला दिन सक्ने सहभागीहरुद्वारा चिन्ता ब्यक्त ।)

 

भिसाको अवधि सम्बन्धमा

१. नयाँ ब्यवस्थाअनुसार बढिमा ३ बर्षको सट्टा ५ बर्षसम्मको भिसा जारी गर्न सकिने ।

२.  इञ्जिनियर, प्राविधिकलगायतका क्षेत्रमा रोजगाररतहरुका लागि

हालसम्मको ब्यवस्थाः- १ बर्ष र ३ बर्ष
थपिएको ब्यवस्थाः- ३ महिना र लामोमा ५ बर्षसम्म ।

३. बिद्यार्थीहरुका लागि
हालसम्मको ब्यवस्थाः- २ बर्ष ३ महिना, २ बर्ष, १ बर्ष ३ महिना, १ बर्ष ६ महिना
थपिएको ब्यवस्थाः ४ बर्ष ३ महिना, ४ बर्ष, ३ बर्ष ३ महिना, ३ बर्ष र ३ महिना मात्र

४. जापानी नागरिकको श्रीमान, श्रीमती वा सन्तान तथा स्थायी भिसाबाहकका श्रीमान, श्रीमती वा सन्तान
हालसम्मको ब्यवस्थाः ३ बर्ष र १ बर्ष
थपिएको ब्यवस्थाः ६ महिना र ५ बर्ष

कार्यक्रममा टोकियोमा रहेका ब्यवसायी, बिद्यार्थी, रोजगारमा संलग्न, मिडियाकर्मी लगायतका दर्जनौ नेपालीहरुको सहभागिता रहेको थियो । श्रोत ब्यक्तिको प्रस्तुतीकरणपश्चात सहभागीहरुले अध्यागमनको नयाँ नियम सम्बन्धमा बिभिन्न कोणबाट जिज्ञासा राखेका थिए । नयाँ नियमअनुसार राहदानीको सट्टा आवासीय कार्डमा भिसाको छाप लगाईने ब्यवस्थाले बाहिर मुलुकका अध्यागमनले अनावश्यक झमेला दिन सक्नेतर्फ चिन्ता जाहेर गर्दै नेपालीहरुले संभव भएसम्म राहदानीमै भिसा छाप लगाउने साबिकैबमोजिमको नियम यथावत रहने ब्यवस्था गर्न सुझाव दिए । यसैगरी परिबर्तन हुन गईरहेको अध्यागमनको नयाँ नियम सम्बन्धि सर्बसाधारण सबैले सहजरुपमा जानकारी लिन सकिने गरी अध्यागमनमा टेलिफोन सेवाको ब्यवस्था गर्न सुझाव दिएका थिए ।

सहभागीहरुले दिएको सुझावलाई प्रस्तोता ताकाहासीले निर्णयक तहमा पुरयाईदिने वचनबध्दता ब्यक्त गरे । सेमिनार सिन्जुकु खाबुखिचोस्थित टोकियो खेन्को प्लाजा हाईजियामा भएको थियो ।

नेपाली कम्युनिटीले अध्यागमन बिभागलाई शनिबार वा आइतवार पारेर इमिग्रेशनको नयाँ नियम सम्बन्धि एउटा सेमिनारको आयोजना गर्न राखिएको प्रस्तावमा शनिबार वा आइतवार संभव नभएको भन्दै नेपालीहरुको जनघनत्व अधिक रहेको सिन्जुकु वार्डका नेपालीहरुको अनुरोधलाई मनन गर्दै इमिग्रेशन एसोसियशन सिन्जुकु च्याप्टरको पहलमा टोकियो रिजनल इमिग्रेशन ब्यूरोले उक्त सेमिनारको आयोजना गरेको हो । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया