शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
काठमाडौं- गृहमन्त्री विजयकुमार गच्छदारले एआइजी र डिआइजीको सरुवाका लागि प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले बनाएको सूचीमा टिपेक्स लगाएर आफूअनुकूल नाम राखेको खुलेको छ।  प्रधानमन्त्री बाबुराम भट्टराईको ब्राजिल भ्रमणअगाडि उच्च प्रहरी अधिकारीको सरुवाका लागि हतारमा बालुवाटारमा राखिएको मन्त्रिपरिषद बैठकअगाडि उनले सूची हेरफेर गरेका हुन्।
odule google ad 160×600|none}स्रोतका अनुसार आपसी समझदारीमा प्रहरी प्रधान कार्यालयले पाँच एआइजी र १९ डिआइजीको सूची मन्त्रालय पठाएको थियो। सूची गृह पुगिसकेपछि पनि गृहमन्त्रीको आग्रहमा केही नाम संशोधन गरी अन्तिम नामावली तयार पारेर मन्त्रिपरिषद पठाइएकोमा त्यहाँ पुगेपछि पनि उनले नाम फेरबदल गरेका थिए।
उच्च स्रोतका अनुसार गृहमन्त्री गच्छदारले केन्द्रीय अनुसन्धान ब्युरो, त्रिभुवन विमानस्थल सुरक्षा गार्ड, पूर्व, मध्य र पश्चिमका क्षेत्रीय डिआइजीमा बढी चासो देखाएका थिए। पूर्वमा सुपारी तस्करीमा प्रहरीले कडाइ गरेपछि तस्करहरु क्षेत्रीय प्रमुखको सरुवाका लागि केन्द्रसम्म आएका थिए। प्रहरीको कडाइका कारण रक्तचन्दनसमेत नेपाल भित्रिन सकेको थिएन। पूर्वबाट भित्रिने रक्तचन्दन सहजै खासा पुर्‍याउन मध्यको प्रमुखमा समेत उनले बढी सोधखोज गरेका थिए।
गृहमन्त्रीसँगको सल्लाहकै आधारमा ब्युरोमा सुरेन्द्र शाह, विमानस्थलमा वीरेन्द्रबाबु श्रेष्ठ, पूर्वमा पर्शुराम खत्री, पश्चिममा रमेशशेखर बज्राचार्य र मध्यमा विज्ञानराज शर्माको नाम राखिएको थियो। गृहले सोही सूची सदर गरे पनि मन्त्रिपरिषदसम्म पुग्दा ब्युरोमा शाहको स्थानमा गणेश राई, मध्यमा यादव अधिकारीको नाम राखिएको थियो। उच्च स्रोतका अनुसार राईको नाम कार्यविभागमा थियो भने यादव अधिकारीको नाम प्रबन्धमा थियो।
गृहमन्त्रीले सूची सच्याउँदै शाहलाई कार्यविभाग र गणेशलाई ब्युरो प्रमुखमा नाम राखेका थिए। मध्यमा यादवको सरुवापछि विज्ञानराज शर्मा मध्यपश्चिम र मध्यपश्चिममा नाम भएका केशबहादुर शाहीको नाम प्रबन्धमा राखियो। त्रिभुवन विमानस्थलबाट मध्यक्षेत्र सरुवा पाएका वीरेन्द्रबाबुलाई पुनः विमानस्थल ल्याउँदा विवाद हुने सुझाव दिए पनि गृहमन्त्रीको निर्देशनपछि प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले वीरेन्द्रकै नाम राखेका थिए। चन्दन खासा पुर्‍याउन पूर्व र मध्यमा आफूअनुकूल प्रहरी अधिकारी ल्याउने गृहमन्त्रीका सहयोगी सक्रिय थिए।
केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक गतिविधिबाट अवैध सम्पत्ति कमाएका आपराधिक समूहका प्रमुखको सम्पत्ति विवरणको अनुसन्धान गरिरहेको छ।
स्रोतका अनुसार दीपक मनाङे, चक्रे मिलन, गणेश लामा, युनुस अन्सारीलगायतको सम्पत्ति विवरणको प्रतिवेदन अन्तिम चरणमा छ। ब्युरोले गणेश लामाको सम्पत्ति अनुसन्धान टुंग्याएर सम्पत्ति शुद्धीकरण विभागमा पठाउने तयारी गरेको छ।
लामा गच्छदारको केन्द्रीय सदस्यसमेत भएकाले अनुसन्धान प्रक्रिया प्रभावित गर्न उनी ब्युरोमा आफूअनुकूल व्यक्ति लैजाने गृहकार्यमा थिए। प्रधान कार्यालय ब्युरोमा शाहलाई ल्याउने तयारीमा थियो। सुपारी तस्करीमा कडाइ गरेकाले गृहमन्त्री डिआइजी शाहसँग रुष्ठ थिए।

तपाईको प्रतिक्रिया