Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025
काठमाडौं – कानुनबमोजिम पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी मापदण्ड नबनाई सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई धमाधम विलासी गाडी दिन थालेको छ । गृह मन्त्रालयले बुधबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई ल्यान्डक्रुजर गाडी दिएको स्रोतले जनायो ।
पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई यस्तै गाडी सुविधा दिएको एक सातापछि चन्दलाई पनि दिइएको हो । सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई चालक, इन्धन र मर्मत खर्चसहित आजीवन यो सुविधा दिएको हो । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र सूर्यबहादुर थापालाई समेत एक/दुई दिनभित्रै गाडी दिन लागिएको गृहका अधिकारीले जनाए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामवरण यादवद्वारा जारी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी अध्यादेशमा मापदण्ड बनाएर मात्र गाडिलगायत सुविधा दिने उल्लेख छ ।
अध्यादेशअनुसार २०४६ मा प्रजातन्त्र पुनर्बहालीपछि प्रधानमन्त्री भएका नेताहरूलाई गाडी सुविधा दिइनेछ । पूर्वगृहमन्त्रीहरूले पनि तत्काल गाडी सुविधा उपलब्ध गराउन गृह मन्त्रालयका अधिकारीलाई दबाब दिइरहेको स्रोतले बतायो ।
गृह मन्त्रालयमा प्रस्तावित मापदण्डमा पूर्वराष्ट्रपतिलाई ५०, पूर्वउपराष्ट्रपतिलाई ४५, पूर्वप्रधानमन्त्रीहरूलाई ४०, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ३५, पूर्वगृहमन्त्रीलाई ३० लाख रुपैयाँसम्मका मध्यमस्तरका जिप या कार उपलब्ध गराउने प्रस्ताव गरिए पनि चार पूर्वप्रधानमन्त्रीलाई डेढ करोड रुपैयाँभन्दा बढी मूल्यका विलासी ल्यान्डक्रुजर प्राडो गाडी सुविधा दिइएको हो ।
अध्यादेशमा मापदण्ड बनाएर पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुखदेखि पूर्वगृहमन्त्रीसम्म पूर्वविशिष्ट पदाधिकारीलाई गाडी सुविधा दिने व्यवस्था छ । यसअनुसार बहुदलपछिका पूर्वप्रधानन्यायाधीशहरू विश्वनाथ उपाध्याय, केशवप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, अनुप शर्मा, रामप्रसाद श्रेष्ठलगायतले आजीवन गाडी सुविधा पाउनेछन् ।
पूर्वसभामुखहरू दमननाथ ढुंगाना, रामचन्द्र पौडेल र तारानाथ रानाभाट पूर्वगृहमन्त्रीहरूमा खुमबहादुर खड्का, गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, वामदेव गौतम, केपी ओली, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, भीम रावल र कृष्णबहादुर महराले पनि आजीवन गाडी सुविधा पाउने छन् ।
पूर्वराष्ट्रपतिलाई २ सय, पूर्वउपराष्ट्रपतिलाई १ सय ७५, पूर्वप्रधानमन्त्रीलाई १ सय ५०, पूर्वप्रधानन्यायाधीश तथा पूर्वसभामुखलाई १ सय ५०, पूर्वगृहमन्त्रीलाई १ सय २० लिटर पेट्रोल र आवश्यकताअनुसार मोबिल तथा मर्मत खर्च दिइने छ । ***

New Feature Coming Soon - - -
- - - -
तपाईको प्रतिक्रिया