Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
 काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाउँदा पाँच महिलाको गर्भ खेर गएको पाइएको छ । नदीकिनारका बस्ती हटाउने क्रममा गत २६ वैशाखमा बस्तीमा डोजर लगाउँदा प्रहरीसित भएको झडप र लछारपछारका कारण दुई महिनादेखि ६ महिनासम्मको बच्चा खेर गएको एक अध्ययनले देखाएको हो ।
डोजर प्रयोगपछिको अवस्था अध्ययन गर्न गएको महिला पुनस्स्थापना केन्द्र नेपालले सञ्चालन गरेको निस्शुल्क स्वास्थ्य शिविरमा यस्तो पाइएको थियो । शिविरमा रहेकी डा। प्रिस्टिना गुरुङका अनुसार अन्य १० गर्भवतीमा पनि समस्या देखिएको छ । उनीहरूको अवस्था गम्भीर भएको र तत्कालै उपचार गर्नुपर्ने अवस्था रहेको केन्द्रका कार्यकारी निर्देशक बाबुराम गौतमले बताए । सरकारले २६ गते डोजर लगाउँदा दुई सय ४८ घरपरिवारको उठीवास भएको छ भने नौ सय ९५ जना प्रभावित भएका छन् ।
तपाईको प्रतिक्रिया