Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
सिडनी (अस्ट्रेलिया)- चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने समयमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व सल्लाहकार आनी चोयुङ डोल्मालाई सिड्नी ल्याउने तयारी भएको छ ।
नेपालबाट केही पर्यटन ब्यबसायीहरुलाई पनि ल्याएर बुद्ध जन्मस्थलको प्रबर्द्धन गर्न बिभिन्न संस्थाहरुसँग मिलेर अहिलेदेखि नै कुराकानी अगाडि बढाउन छलफलमा सहभागी सिड्नीबासीहरुले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
सिड्नीको आमा रेस्टुरेन्टमा मई ८ मा  नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने विषयमा भएको छलफलमा आनीलाई सिड्नी ल्याउने तयारीबारे छलफल भएको हो ।
छलफलमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय संयोजक एबं बुद्ध दर्शन समितिका अध्यक्ष निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’, एनआईएनएफए एबं बुद्ध दर्शन समितिका उपाध्यक्ष सुदिप गौचन, तमु समाज सिड्नीका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक इन्द्र तामांग,एनआईएनएफएका सचिव एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक लीला बहादुर गुरुङ, तमु समाज सिडनीका अध्यक्ष ईन्द्र गुरुङ र इन्दिरा गुरुङको सहभागिता थियो ।
छलफलका क्रममा सिडनीमा भएका ट्राभल एजेन्सी र नेपालका ट्राभल एजेन्सीहरुका बीच सम्पर्क गराएर अस्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरुको  भ्रमण प्याकेजमा बुद्धको जन्मभूमि लुम्बिनीलाई पनि समाबेश गराउन प्रयास गरिनु पर्नेमा जोड दिइयो । यसले लुम्बिनी भ्रमण बर्ष २०१२ लाई सहयोग पुग्ने मात्रै नभएर बुद्धको जन्मभूमिका बारे सिर्जित विश्वब्यापी दिग्भ्रम निस्तेज पार्नमा पनि केही हदसम्म सहयोग पुग्ने कुरामा छलफलमा  सहभागीहरु सबैले विश्वाश ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया