Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025
पर्वत – विभिन्न राजनैतिक दलका प्रमुखहरु संविधान निर्माणको काममा ब्यस्त छन् । तर पूर्व स्थानीय विकास सहायक मन्त्री देवबहादुर पौडेल क्षत्रीलाई सर्वसाधारणको चासो झै संविधान कस्तो बन्ला भन्ने चिन्ता त छदै छ, सगै बाख्रा ब्यवसायलाई कसरी राम्रो बनाउने भन्ने चिन्ता पनि उत्तिकै छ ।
२०५५ सालमा एमालेबाट स्थानीय विकास सहायक मन्त्री बनेका क्षत्री अहिले गाउँमै ब्यावसायिक बाख्रापालनमा लागी परेका छन् । क्षत्री अहिले बाख्रा राख्ने खोर बनाउन ब्यस्त छन् । ‘राजनिति छाडेर बाख्रापालनमा लागेको भने होईन,’ उनले भने, ‘ब्यावसायिक राजनिति गर्न नयां ब्यवसाय सुरु गर्न खोजेको मात्र हो ।’ एमालेबाट ३ महिना मन्त्री बनेका उनले पछि एमाले पार्टी परित्याग गरी माओवादीमा प्रबेश गरेका हुन् ।
उनी माओवादीका केन्दि्रय सल्लाहकार हुन् । पाखापानी राष्ट्रिय बाख्रा सहकारी संस्था गठन गरेर क्षत्रीसंगै गाउँका १० जनाले बाख्रापालन गर्न लागेका हुन् । प्रत्येकले १/१ लाख रुपैंया लगानी गरी १ सय वटा बाख्रा पाल्न लागिएको हो । १० लाख लगानीमा सुरु गर्न लागिएको बाख्राको मुख्य बजार पोखरा र भैरहवा हो । ‘गाउँकै स्थानीय जातका बाख्रा पाल्ने तयारीमा छौं,’ उनले भने, ‘पाँच बर्षमा ५ सय बाख्रा पुर्‍याउने लक्ष्य छ ।’
बिक्रिका लागि बजारको समस्या नभएको र धेरै बाख्रा पाल्न लागीएकाले घाँस रोप्ने तयारी समेत गरिएको उनले बताए । गाउँमै घर भएपनि उनी परिवारका साथ काठमाडौंमा बस्दै आएका थिए । उनी माघदेखि बाख्राका लागि खोर बनाउन ब्यस्त छन् । खोर निर्माण गरी सकेकाले जिल्लामै पहिलोपटक २९ गतेबाट १ सय बाख्रा उनले पाल्न लागेका हुन् ।
‘अब राजनिति गरेर मात्र पुग्दैन,’ क्षत्रीले भने, ‘राजनितिलाई ब्यावासयिक गर्न नेताहरु आय आर्जनमा लाग्न जरुरी छ ।’ उनले पहिला गाउँमा आउंदै जांँदै गर्ने गरेको भएपनि अब भने आधा समय गाउंँमा र आधा समय शहरमा विताउने योजना रहेको सुनाए । राजनीतिले गर्दा गाउँ छाडेर गएका क्षत्री फरी फर्किएपछि गाउँले समेत खुशी भएका छन् ।
‘चुनाव जितेर गएका नेताहरु शहर बजारमा घर बनाएर बस्छन, चुनाव आउने समयमा मात्र हाम्रा पीर मर्का बुझ्न गाउँ फर्किन्छन्,’ स्थानीय रुद्रबहादुर क्षत्रीले भने, ‘देबहादुरले चुनाव अघिनै गाउँमा आएर पहिलोपटक गाउँमै धेरै बाख्रा पाल्न लागे । यसले हामीलाई समेत ब्यवसाय गर्न उत्प्रेरणा दिएको छ ।’ यस्ता नेता भेट्न गाह्रो पर्ने उनले सुनाए । १५ बर्षका लागि २० रोपनी जग्गा भाडामा लिएर बाख्रापालन सुरु गरिएको हो ।
‘मलाई यो ब्यवसायले गाउँ र गाउँलेविच नजिक बनाएको छ,’ देबहादुरले भने, ‘त्यही भएर आफ्नै गाउँमा आएर बाख्रापालन सुरु गरे । यसलाई राजनितिसंगै अगाडी बढाउने छु ।’ उनलाई परिवारले पनि साथ दिएकाले यो ब्यवसया गर्न सहज भएको हो । ‘यति धेरै बाख्रा पाल्ने जिल्लामै कोही छैनन,’ कृषि कार्यालयका प्रमुख चन्द्रकान्त खनालल भने, ‘पौडेल पहिला हुन् ।’ राम्रो गर्न सके बाख्राबाट सोचे भन्दा धेरै आम्दानी गर्न सकिने खनालले बताए । स्थानीय जातका बाख्रामा बाहिरबाट विजन ल्याएर उन्नत पाठा उत्पादन गर्ने लक्ष्य क्षत्रीको छ ।
तपाईको प्रतिक्रिया