Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025
काठमाडौ- प्रधानमन्त्री बाबुराम भट्टराईले सानो भएपनि आजै मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । उनले त्यसका लागि पहल थालिसकेको उनी निकट स्रोतले जनाएको छ । कांग्रेस,एमाले र मधेशी मोर्चाबाट एक/एक जनालाई भएपनि आज मन्त्रिमण्डलमा ल्याउने र भोलि सम्ममा पूर्णता दिने प्रधानमन्त्रीले पहल थालेका छन् ।
मन्त्रिमण्डल गठनका विषयमा छलफल गर्न मोर्चासहित प्रमुख तीन दलको बैठक अपरान्ह बोलाइएको छ ।
सहमतीय सरकारको आकार सकभर सानो बनाउने तयारी छ । प्रमुख चार राजनीतिक शक्तिबीच प्रधानमन्त्रीबाहेक माओवादीबाट चार जनामात्र मन्त्री हुने अनौपचारिक सहमति बनेको उच्च स्रोतले बतायो । कांग्रेस, एमाले, मधेसी मोर्चाबाट चारचार र साना दलबाट चार गरी प्रधानमन्त्रीसहित २१ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने सहमति बनेको स्रोतको भनाइ छ । ‘त्यसो हुन नसके हाल कायम मन्त्रालयमा समेटिने गरी मन्त्रिपरिषद् गठन गरिनेछ, जसमा राज्यमन्त्री र सहायकमन्त्री राखिने छैन,’ एक नेताले भने, ‘सत्ताभन्दा पनि संविधान निर्माण प्राथमिकतामा भएकाले चुस्त मन्त्रिपरिषद् बनाएर जानेमा सबै पार्टीका नेताहरू सहमत देखिनुभएको छ । ***
तपाईको प्रतिक्रिया