Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

स्कटल्याण्ड । अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) को आयोजनामा हालै स्कटल्याण्डको एबरडिनमा मेघा कल्चर इभेन्ट २०१२ भब्यतापुर्वक सम्पन्न भएको छ । उक्त कार्यकममा नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल, प्रसिद्ध हास्य कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौला, युवा गायक हिमाल सागरको प्रस्तुति रहेको थियो ।

महानायक हमालले आफ्ना प्रसिद्ध सम्वादहरु सुनाएका थिए भने नृत्यहरु प्रस्तुत गरेका थिए । बाझो खेतमा बोलको गीतमा महानायक हमाल दर्शकहरुसँगै नाचेका थिए । यस्तै हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्रीले एयरर्पोट भन्सार प्रस्तुत गरेका थिए । कलाकार गिरीले आफ्नो एकल प्रस्तुतिमा विभिन्न राजनीतिज्ञहरुको क्यारिकेचर गर्नुको साथै नेपाली गीत संगीत र गायक गायिकाहरुको बदलिंदो संगीतप्रति ब्यंग्य हानेका थिए । दीपाश्री निरौलाले भने नृत्यहरु प्रस्तुत गरेकी थिइन ।

कार्यक्रमका अर्को आकर्षण गायक हिमाल सागरले आधार्दजनजति आफ्ना चर्चित गीतहरु सुनाउँदै दर्शक नचाएका थिए । कार्यकममा आयोजक ओएनसीडब्लुले अतिथि कलाकारहरुलाई स्कटिश टार्टन उपहार दिएका थिए । कार्यक्रममा स्थानीय नेपाली कलाप्रेमीहरुको पनि प्रस्तुति रहेको थियो । सरस्वती स्यानद्यानको कोरियोग्राफीमा नेपालको विविध संस्कृति झलकिने पहिरन र संगीतको सामूहिक प्रस्तुतिलाई विशेष मन पराइएको थियो । यस्तै विभु पौडेल, दीपेश रेग्मी, रेणुका उप्रेतीले गीत गाएका थिए भने सुरेन्द्र माकाजुले गितारमा सहयोग पु्रयाएका थिए । कार्यक्रममा देवी गुरुङ, सबिना सुवेदी, प्रकृति भट्ट, अनुशुया बोहोरा, मोनिका सापकोटा, आस्था ढकाल, अंशु भण्डारी, सर्वज्ञा भुर्त्याल, संसारा स्यानदान, आयुष्मा स्यानदान लगायतको आकर्षक नृत्य रहेको थियो । ठूलो संख्यामा डण्डी र एडिनब्रा बस्ने नेपालीहरु पनि कार्यक्रम हेर्नकै लागि एबरडिन आएका थिए । आयोजक संस्था ओएनसीडब्लुका अध्यक्ष दीपेश रेग्मीले छोटो समयको बावजुद भब्यतापूर्वक कार्यक्रम भएकोमा खुशी प्रकट गर्दै कार्यक्रमलाई सहयोग पु्¥याउने सबैलाई धन्यवाद दिएका थिए ।

 

तपाईको प्रतिक्रिया