Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बेलायत- प्रवासमा रहेका नेपाली समुदायसंग धन नभएपनि विशााल मन छ, जसले बेला बेलामा च्यारीटि मार्फत धेरै सहयोगी काम गर्दै आइरहेको छ । पछिल्लो समय गुरुङ जातीहरुको संस्था तमुधि युकेले यस्तै मन भएका नेपाली अनुहारलाई बाहिर ल्यायो ।
नेपाली मात्र होइन नेपाली च्यारीटिका लागि विदेशीले पनि ठुलो हात गरेका छन । बेलायतको मिचेतमा अवस्थित तमुधिको आफ्नै भवन ‘पि|m होल्ड’ गर्न शनिबार आयोजना गरिएको च्यारीटिमा अध्यक्ष मुच्छेत्र गुरुङले लिजमा भवन लिंदा संस्थाले सधैं ‘मोर्गगेज’ तिर्नुपर्ने बाध्यतालाई अब छिट्टै पाखा लगाइने बताए ।
संस्थाका पूर्व अध्यक्ष एवं गैर अवासीय नेपाली संघ युकेका पनि अध्यक्ष भइसकेका मेजर रिटायर्ड डम्मर घलेको संयोजनमा आयोजना गरीएको च्यारीटिले करीब सवा करोड नेपाली रुपैंया संकलन गर्न सफल भयो । स्वभावैले हक्की स्वभावका मेजर घलेले कार्यक्रममा भने, हामी दिन आएको हो, संस्थाको लागि जति दिन सकिन्छ मन खोलेर दिऊं भोलि पछुताउने अवस्था तपाई हामीले कल्पना पनि गर्न हुंदैन । हलमा घलेले भनेजस्तै भयो, करीब एक हजारदेखि पांचहजार पांचसय पाउण्डसम्म चन्दा दिने दाताहरुको लर्को लाग्यो ।
संस्थाका अध्यक्ष गुरुङ तथा उनकी धर्मपत्नीले खादा लगाइदिएको कार्यक्रममा सबै तमुहरुको गला खादा मय भएको थियो । अर्थात सहभागि एक दुई जना बाहेक सबैले संस्थालाई सकेअनुसार चन्दा दिएका थिए । हलभित्र हेर्दा लाग्थ्यो चन्दा नदिने छैनन । एकाध भेटिएकाहरुको अनुहारमा लज्जाबोध भइरहेको छ ।
संस्थाका पुर्व अध्यक्ष लाल बहादुर गुरुङले पांच हजार पांचसय चन्दा दिएर सबैभन्दा बढि चन्दादाताको रुपमा आफुलाई उभ्याए । उनको पछि लागे खुशीमान गुरुङ, उनले पांचहजार पाउण्ड दिए । त्यस्तै मकर गुरुङ, गोर्खा पल्टनका गोरा डेबीड थोमस, अष्ट्रलियाकै धनी कहलिएका नेपाली शेष घले सबैले पांच-पांच हजार पाउण्ड दिए ।
हलभित्र भित्तामा कुंदिएको चन्दादाताहरुको नामलिष्टमा दर्जनौं तमुहरुको नाम दहरीएको छ, जसले एकहजार चन्दा दिए, उनीहरुको नाम रह्यो, हजार कम दिनेहरुको खातामा सिमित भएको छ, महासचिव ज्ञामले जानकारी दिए ।
कुंदिएको शिलालेख एन आर एन आइसीसीका उपाध्यक्ष एवं तमुधिका संस्थापक हाउजिङ संयोजक रिटायर्ड क्याप्टेन हितमान गुरुङले उद्घाटन गरेका थिए । क्याप्टेन हितमान संगै सल्लाहकार डा. चन्द्र बहादुर गुरुङ, पुर्व अध्यक्ष लाल बहादुर गुरुङ र संस्थापक अध्यक्ष मिन गुरुङले क्रमश उद्घाटन गरेका थिए ।
बेलायतमा नेपाली तथा गुरुङ समुदायको जातीय पहिचान झल्काउने विभिन्न कार्यक्रमहरुको संयोजन गर्दै आएको तमुधि नेपालीहरुको सबैभन्दा ठुलो संस्था हो । यसले बेलायतका नेपालीमाझ प्रसिद्ध नेपाली मेला, ल्होसार, गोर्खाकप जस्ता महत्वपुर्ण कार्यक्रम बर्षेनी गर्दै आइरहेको छ । तमुधिले आयोजना गर्ने यस्ता मेलामा करीब १० हजार भन्दा बढि नेपालीहरुले सहभागिता जनाउने गर्दछन ।
तपाईको प्रतिक्रिया