Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लन्डन । हाइली ट्रष्टेड ‘साउथ लन्डन कलेज’ ले गोर्खा परिवारलाई होम स्टुडेन्ट्सका रुपमा पठनपाठनको व्यवस्था मिलाउने भएको छ । कलेज व्यवस्थापनले आवासीय अधिकारपछि भूपू गोर्खा परिवारको आगमनमा वृद्धि भइरहंदा सो निर्णय गरेको हो । ‘हामी गोर्खा परिवारलाई सहज रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्न लालयित छौं’-कलेजका प्रवन्ध निर्देशक राजन कंडेलले भने ।

कलेजको सो निर्णयबाट विशेषगरि नेपालबाट भर्खर आउने गोर्खा परिवार लाभान्वित हुनेछन् । बेलातयकै शैक्षिक संस्थामा होम स्टुडेन्ट्सको सहुलियत पाउन कम्तिमा ३ वर्ष युके बस्नुपर्ने प्रावधान छ ।

नेपाली प्रवर्द्धकद्वारा सञ्चालित सो कलेजले हालैमात्र लिड्स मेट्रोपोलिटन विश्वविद्यालय र युनिभर्सिटी अफ वेष्ट अफ इंग्ल्याण्डसंग सम्झौता गरि लन्डनमा व्याचलर डिग्री र मास्टर्स डिग्रीको प्रवन्ध मिलाएको जनाएको छ ।

कलेज व्यवस्थापनले ति विश्वविद्यालयसंग ‘नोगेसिएसन’ गर्ने काम गरिरहेको र त्यसबाट आफ्ना विद्यार्थीले पढाईको समयमा पार्ट टाइम काम गर्न पाउने र होलिडेमा फुल टाइम काम गर्न सक्ने पनि बताएको छ ।

कलेजले ६ अप्रिल २०१२ बाट कुनै पनि शैक्षिक संस्थाले नया“ विद्यार्थीलाई स्पोन्सर गर्दा हाइली ट्रष्टेड स्पोन्सरको मान्यता अनिवार्य रुपमा प्राप्त गरेको हुनुपर्ने र सो मान्यता लिन नसके ति कलेजले ‘क्यास’ जारी गर्न नपाउने वर्तमान व्यवस्था रहेको जनाउंदै यस्तो अप्ठेरो परिस्थितिमा आफूहरु सहयोग गर्न तयार रहेको समेत बताएको छ । कलेजका प्रिन्सिपल निक एन्ड्रयूले अब भर्ना हुन चाहने विद्यार्थीलाई शुल्कमा विशेष सहुलियत दिने र भर्नाका लागि पनि विशेष व्यवस्था मिलाइएको जनाए । सो कलेजले विद्यार्थीहरुलाई नियमित कक्षा लिएर सहयोग गर्न पनि आग्रह गरेको छ । ‘युकेबीएको जटिल नियममा हामी हाजिर नहुने विद्यार्थीलाई केही गर्न सक्दैनौं त्यसकारण नियमित कक्षा लिएर बेलैमा आफ्नो भिसा सुरक्षित गर्न सुझाव दिन्छौं’ – प्रिन्सिपल एन्ड्रयूले भने । जेहेन्दार र नियमित हाजिर हुने विद्यार्थीलाई आर्थिक संकट परे त्यसमा विचार गर्न सकिने पनि कलेज व्यवस्थापनको दावी छ । ***

तपाईको प्रतिक्रिया