Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो- जन्मदिन सामान्यता मानिस आफन्तसँग घरमा वा रेष्टुरेन्ट बसेर मनाउँछन । हास्य कलाकार दिपकराज गिरीले हालै आफ्नो ४३ औं जन्मदिन लण्डन ब्रिजलाई साक्षी राखेर मनाए ।
नयाँ बर्षको विविध कार्यक्रम लिएर लण्डन आइपुगेका गिरीले नयाँ बर्षको दिन लण्डन ब्रिजमा आफ्ना शुभचिन्तक तथा कलाकारहरु दिपाश्री निरौला, दिपक शर्मा, गायक हिमाल सागरलगायतसँग बसेर केक काटे । केकको एक टुक्रा पहिले दिपालाई खुवाए, त्यसपछि अरु साथीहरुलाई दिए । गिरीले लण्डन ब्रिजमा यस्तो कार्यक्रम आयोजना भएको अचानक थाहा पाएको बताए । ‘लण्डन घुम्न निस्केको थिएँ तर साथीहरुले यत्रो ठूलो कार्यक्रम आयोजना गरिराख्न भएको रहेछ म त अचम्म परे । मेरो लागि अत्यन्त नयाँ अनुभव हो’ गिरीले भने, लण्डन पुग्नुभन्दा पहिले एक समूहले कार्यक्रम तयारी गरिरहेको थियो । उनले सो अवसरमा फायरवर्क गर्दै जन्मदिनको केक काटे । यो कार्यक्रमको सबै प्रवन्ध एभरेष्ट एनका यादव भण्डारीले गरेका थिए । हाल नायक राजेश हमालसहितको टोली नयाँ बर्ष कार्यक्रम मनाउन लण्डनमा छ । ***

तपाईको प्रतिक्रिया