Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
न्यूयोर्क- अमेरिकाको न्युयोर्कस्थित रिजउडमा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ ।
पाण्डे करिव पाँच वर्षअघि अमेरिका आएका अर्घाखांची केरुङगाका करिव २५ वर्षीय भेषराज पाण्डे आफू बसेको कोठाको वाथरुममा लडिरहेको अवस्थामा आइतबार अपरान्ह फेला परेका हुन् । तत्काललै स्थानीय वेकअफ अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृत्युको कारण अस्पतालले दिइ नसकेको भए पनि उनको अनुहार हेर्दा कालो देखिएको न्युयोर्कस्थित रिजउड समाजका कोषाध्यक्ष मिलन शाहीले जानकारी दिए ।
पाण्डेले गएको वर्ष मात्र न्युयोर्कस्थित बंरङकस कलेजबाट नर्सिङ (रजिष्टर्ड नर्स) उत्तीर्ण गरिसकेका र कामको सिलसिलामा केही महिना नर्थ क्यारोलिना समेत गए पनि पुनः उनी फर्केर न्युयोर्कनै आइ स्थानिय एक होमकियरमा काम गर्न थालेको जानकारी शाहीले बताए ।
पाण्डे काठमाडौंस्थित हृवाइट कलेजमा अध्ययनपछि अमेरिका आएका थिए । उनको शव नेपाल पठाउने वा यतै अन्तिम संकार गर्ने भन्नेबारे छलफल भइरहेको छ । ***
तपाईको प्रतिक्रिया