Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कोलोराडो – कोलोराडो निवासी नेपालीहरुले विविध साँस्कृतिक कार्यक्रम शुभकामाना साँझको आयोजना गरी नेपाली नयाँ बर्ष २०६९ मनाएका छन् ।

नेपालीहरुको साझा संस्था नेपालीघरको आयोजनामा कोलोराडोस्थित थ्रोन्टन हाईस्कुलमा आयोजित कार्यक्रममा यहाँ रहेका झण्डै ८ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो । खचाखच भरिएको हलमा सबै नेपाली भेषमा, नेपाली दाजुभाई, दिदीबहिनी देख्दा विश्वको जुनसुकै कुनामा भए पनि नेपालीले आफ्नो सँस्कृति र चार्डपर्बको जगेर्ना गर्न कम्मर कसेर लाग्ने रहेछन् भन्ने प्रष्ट हुन्थ्यो ।

शनिबार सांझ सम्पन्न भएको कार्यक्रममा, सहभागी कतिपय नेपालीहरु दौरासुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेषभूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रममा नेपाल र नेपाली सँस्कृति प्रति माया र सद्भाव राख्ने अमेरिकी महिला साडी ब्लाउज र पुरुष दौरासुरुवाल लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे ।

बालक हुन वा बृद्ध, युवा युवती हुन वा अधबैसे, सबै आ-आफ्ना दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, काही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अवस्थाअनुसार शुभकामाना साटासाट गर्ने कार्यक्रम चलिरहेको देखिन्थ्यो ।

शुभकामना साँझमा अधिकांश मनोरञ्जन दिने खालका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । लोक, आधुनिक, पप, दोहोरी तथा नेवारीगीतमा कलाकारहरुले कम्मर मर्काई मर्काई नेपाली शैलीमा नाचेको देख्दा आफुलाई नेपाली घरआगनमै भएको महसुस हुन्थ्यो । दर्शकदिर्घाबाट ताली र हुटिङको आवाजले हल गुञ्जिरहेको थियो ।

सुमित महर्जनको बाँसुरी, दीया, सोना, देब्नसीको नाच, सीमोनी, किर्तन, छिन्नाको ‘चट्ट रुमाल क्या मालुम कोटका खल्तीमा’ भन्ने गितको नाचले दर्शकको मन जितेको देखिन्थ्यो । साँझ ६ बजे देखि ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा आयोजकले दर्शकहरुलाई भरपुर मानोरञ्जन दिने प्रयास गरेका थिए ।

सोही कार्यकममा कवि तथा साहित्यकार मनु ब्राजाकी तथा बरिष्ठ गायक हिरण्य भोजपुरे लगायतका अतिथिहरुले गायक दिनेश कार्कीको गीती क्यासेट बिमोचन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरुलाई नेपाली स्वादमा दाल भात तरकारीको समेत ब्यबस्था गरिएको थियो । ***

तपाईको प्रतिक्रिया