Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पेरिस – अप्रिल १ तारिख आइतबारका दिन पेरिसमा भव्यताका साथ पाँचवटा मैत्री संघहरुको संयुक्त आयोजनामा नयाँ वर्ष २०६९ मनाइएको छ । एकता र सहकार्य जहाँ जहिले पनि महत्वपुर्ण हुने कुरालाई मनन गर्दै गैर आवासीय नेपाली संघ, एभरेस्ट नेपाल एसोसिएसन, नेपाली सांस्कृतिक गृह, पाकोफेन एसोसिएसन र तमु समाजले तीन महिना अघिदेखि संयुक्त रुपमा नयाँ वर्ष मनाउने निर्णय गरि कार्यक्रम तय गरेका थिए । नेपाली नयाँ वर्षको दिनको वरपर अन्य कार्यक्रमहरु पनि भएकोले दुई हप्ता अघि नयाँ बर्ष मनाउने कार्यक्रम राखिएको आयोजकले बताइका छन् । नृत्यशाला समेत भएको कार्यक्रम हल र हल परिसर नेपाली ध्वजा पताका र झण्डाहरुले दुलही झैं सृङ्गारिएको थियो । कार्यक्रम पेरिस नजिकको La Courneuve भन्ने शहरको भव्य हलमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व पेम्वा शेर्पाले गर्नुभएको थियो भने प्रमुख अतिथि महामहिम राजदुत मोहन कृष्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको शुभारम्भ राष्ट्रिय गीत साथै पन्चकन्याहरुद्वारा सभापति, प्रमुख अतिथि तथा संयुक्त संघसंस्थाका अध्यक्षहरुलाई पुष्प गुच्छाहरुबाट स्वागत गरिएको थियो ।

कार्यक्रमको उद्देश्य नै नेपालीहरुसँगको भेटघाट शुभकामना आदान प्रदान र साँस्कृतिक कार्यक्रम अवलोकन र नेपाली खाना सँगै बसेर खाने रहेको थियो । शुभकामना आदान प्रदान गर्ने क्रममा पाकोफेनकी अध्यक्ष जिता कटुवालले आउँदो संबिधानमा नारीको स्थान राम्रो होस् भनि नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो । तमु समाजका अध्यक्ष लक्ष्मण कुमार गुरुङले छोटो शुभकामना दिदै यस्तो कार्यक्रमबाट आफू निकै खुशी भएको बताउनु भने नेपाली एभरेष्ट संधका अध्यक्ष शैलेन्द्र कुमार महर्जनले विभिन्न कठिनाईहरुका बाबजुद विगतमा झैं आउँदा वर्षहरुमा पनि एकत्रित भएर अझै भब्य रुपमा यस्ता कार्यक्रमहरु गर्न सकिने भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

त्यस्तै नेपाली सांस्कृतिक गृहका अध्यक्ष हेमन्त उपाध्यायले नव बर्षको शुभ कामनाका साथै आगामी कार्यक्रममा छुटेका संघसंस्थालाई एकत्रित हुन अनुरोध गर्दै यही २ र ३ जुनमा हुन लागेको बार्षिक नवौ नेपाली मेलामा सबैलाई सहभागी हुन आह्वान गर्नुभएको थियो । एनआरएनका अध्यक्ष निर्मल अर्यालले यस्तो कार्यक्रम अति नै महत्वपूर्ण भएको बताउँदै भविष्यमा अझै राम्रो संयुक्त कार्यक्रम गर्न सकियोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा महामहिम राजदुत मोहन कृष्ण श्रेष्ठले पाँचवटा मैत्री संघको संयुक्त आयोजनाको यो कार्यक्रम फ्रान्सको लागि ऐतिहासिक कार्यक्रम भन्दै ऐक्यवद्धताको जहिले पनि मिठो प्रतिफल हुने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली दुताबास पेरिसका मिनिस्टर काउन्सेलर जीवन प्रकाश श्रेष्ठ, तृतीय सचिव भरत खनाल, नेपाली ब्यापारी संघका अध्यक्ष बिनोद ओझा, साहित्यकार हरिहर अर्याल लगायत ठुलो संख्यामा नेपालीहरुको साथै फ्रेन्चहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न भाकामा लोक नृत्य र गितहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम बढो रोचकपुर्वक विक्रम गुरुङ, हेमा गुरङ र सुजाता केसीले संयुक्त रुपले सञ्चालन गर्नुभएको थियो । साँस्कृतिक कार्यक्रमको समायोजन जगत वहादुर खड्काले गर्नुभएको थियो भने ‘साउन्ड सिस्टम’ मा प्रविण सापकोटाले साथ दिनुभएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा स्वयंसेवकहरु र कलाकारहरुलाई आयोजक मैत्री संघका अध्यक्षहरु, राजदुतज्यू र सभाका सभापतिबाट संयुक्त रुपमा धन्यवाद पत्र प्रदान गरिएको थियो। कार्यक्रमका सभापति पेम्वा शेर्पाले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै सफल र ऐतिहासिक संयुक्त कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

फोटो सौजन्य : विजेन्द्र प्रधान

तपाईको प्रतिक्रिया