Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024
दुबई– नेपाली समाज युएईको वर्तमान कार्यसमितिले आफ्नो कार्यकाल एक बर्ष पूरा गरेको उपलक्ष्यमा गत ६ अप्रिल २०१२ शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा विभिन्न संघ संस्थाहरु, आजीवन सदस्य र पार्षदहरुको उपस्थितिमा बार्षिक साधारण भेला सम्पन्न गरेको छ । यो भेला समाजले एक बर्षसम्म गरेको गतिविधिहरुलाई प्रस्तुत गर्दै आगामी एक बर्षको लागि कार्ययोजना तयार पार्नको लागि आयोजना गरेको हो ।
उक्त बार्षिक कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य, महिला, पार्षद र पत्रकारहरु रहेका थिए ।
प्रथम सचिव लोकबहादुर क्षेत्रीद्वारा दीप प्रलोजन गरि थालनी भएको कार्यक्रमको शुभकामना मन्तव्य उपाध्यक्ष भरतराना मगरले दिनु भएको थियो । त्यस्तै विभिन्न वक्ताहरुले आ–आफ्ना भनाई र मन्तव्यहरु राखेका थिए । युएईस्थित रहेका सम्पूर्ण संघ संस्थाहरु नेपाली समाज युएईसँग हातेमालो गर्दै गोलबद्ध हुनु पर्नेमा सबैले जोड दिएका थिए ।
युएईमा नेपाली व्यावसायी, पत्रकारिता, सामाजिक सेवा र नेपाली समाज युएईलाई सहयोग पु¥याउने संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंसा–पत्र र सम्मान–पत्र दिएर हौसला बुलन्द गरिदिएको थियो । विगतदेखि नेपाली समाजमा आवद्ध भएर आजीवन सदस्यता लिनेहरुलाई सदस्यता प्रमाण–पत्र वितरण गर्दै नयां सदस्यताको आवहन समेत गरिएको थियो ।
दूतावासका प्रथम सचिव क्षेत्रीले आफ्नो मन्तव्यको क्रममा युएईमा रहेका प्रवासी नेपालीहरु र नेपाली संघ संस्थाहरुलाई समेट्दै नेपाली समाजले नेपालीहरुमा एउटा राम्रो छाप छोडेको बताउनुभयो । नेपालीहरुलाई संचेत गराउंदै शरीरमा पानीको मात्रा कमिका कारण धेरै नेपालीहरुको मृत्युको संख्यामा बृद्धि भएका कारण डा.ले दिएको सल्लाह अनुसार धेरै मात्रामा पानी पिउन पर्ने जानकारी दिनु भयो ।
त्यस्तैगरी अध्यक्ष ढकालले मन्तव्य दिदै विगत एक बर्षको कार्यप्रतिवेदनमा विभिन्न खालका धेरै उद्धार गरेको विवरण सुनाउनु भयो भने हालैमा नेपालको पूर्वाञ्चलमा गएको बाढीपीडितलाई नेपाली नगद रु.२५,००० हजार रुपैयाँ दूतावासका कार्यवाहक राजदूत दीपक अधिकारीलाई हस्तान्तरण गरेको बताउनु भयो । आगामी दिनका लागि युएईस्थित रहेका अन्य समाजहरुसंग सहकार्य गर्दै अझै सशंक्त ढंगले अगाडि बढ्ने योजना रहेको खुलासा पनि गर्नु भएको छ ।
गैर आवासीय नेपाली संघ युएईको अन्तर्गत भर्खरै मात्र स्थापना भएको महिला समितिकी अध्यक्ष अर्चना बस्नेत (रोकाहा) ले युएईस्थित लगभग १० हजार महिलाहरु कार्यरत रहेको बताउनु भयो । त्यही अनुपातमा समस्याहरु पनि बढेको हुनाले महिलाहरुलाई जागरुक हुनु पर्नेमा आग्रह समेत गर्नु भयो ।
दुई भागमा विभाजित गरि संचालन गरिएको बार्षिक साधारण भेलालाई सोही समाजका महासचिव प्रकाश कोइरालाले संचालन गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया