अमेरीका – स्वदेशमा रोजगारीको अभाबमा बिदेशिएका नेपालीहरुले खाडी मुलुकहरुमा मात्र होईन अमेरीकामापनि जोखिम कामगरी लुटेराहरुको हातबाट ज्यान गुमाएका छन् ।
सन् २००४ देखि २०१२ को जनबरीसम्म अमेरीकाको बिभिन्न ६ राज्यमा १३ जना नेपालीले ज्यान गुमाउन बाध्य भएका छन् । जसमध्ये अमेरीकाको टेक्ससमा मात्र ७ जनाले अनाहकमा ज्यान गुमाएका छन् । पर्याप्त ज्ञान, सीप तथा भाषा दक्षताको अभावका कारण नेपालीहरु अमेरीकामा पनि जोखिम स्थानमा काम गर्न बाध्य रहेका छन् ।
अधिकांश नेपालीहरुले ठुला तथा सुरक्षित कम्पनीहरुमा काम गर्न भाषा र पेशागत सीप अभाब तथा अंग्रेजी बोलेपनि टोन नमिलेर स्थानीयले नबुझ्ने भएको कारण नेपाली तथा ईन्डियनको ग्यांस स्टेसन, फुड स्टोर तथा रेस्टुरेन्टमा कम तलबमा बढि जोखिममा काम गरि ज्यान गुमाएका हुन् ।
यसरी ज्यान गुमाउनेहरुमा सन् २००४ केशब श्रेष्ट, ०५ मा शेखर रेग्मी , ०६ मा प्रकाश कोईराला , ०७ गौरव राजबंशी टेक्सस राज्यमा र हेमाङ्क कार्की बाल्टिमोर रहेका छन् । ०८ मा अशोक भट्टराई, चौधरी थरका नाम नखुलेका एक नेपाली टेक्ससमा र बिनोद श्रेष्ट जर्जीयामा मारिएका हुन् ।
त्यसैगरी अनाहकमा ज्यान गुमाउने अन्य नेपालीहरुमा ०९ मा जस बहादुर राई टेक्सास, सुरेन्द्र डंगोल बोष्टन, रविन्द्र शर्मा साउथ क्यारोलिना ०११ रोशन भण्डारी क्यालिफोर्निया र गत जनवरी ९ मा जर्जीयामा दामोदर पाठक रहेका छन् । यसरी मारिनेमध्ये कतिपय आधिकारीक रुपमा अमेरीकामा बसोबास गर्ने, बिद्यार्थी लुकिछिपी गैरकानुनी रुपमा अमेरीकामा बसेर काम गर्ने र दुई जना साझेदारीमा आफैं पसल गर्ने ब्यापारी समेत परेका छन् ।
अमेरीकाबाट नेपाली भाषामा प्रसारण हुंदै आएको ह्वावाईट हिमाल टेलिभिजनको कम्युनिटी हलचल कार्यक्रममा हालै प्रसारित जानकारी अनुसार मारिएका धेरै नेपालीहरु पेस्तोल तथा राईफलको गोलीको शिकार भएका हुन् । त्यस्तै प्रकास कोईरालालाई लुटेराले उनीसंग भएको नगद लुटेपछि आगो लगाएर मारिएका हुन् भने, त्यसैगरी जसबहादर राईलाई छुरारोपेर मारिएका हुन् ।
अमेरीकी कानुन अनुसार पसलमा आएका ग्राहकलाई के गर्दैछ कता जांदैछ हेरिरहनु हुंदैन, चोरेपनि केही भन्नु हुंदैन ग्राहकभक्त हुनुपर्दछ । तर नेपालीहरु आफुले काम गरेको साहुको भक्त हुन खोज्छन् । आफ्नो सिफ्टमा कसैले चोर्ला, साहुले गाली गर्ला, कामबाट निकाल्ला भनेर कष्टम्बरले के गर्दैछ, कता जांदैछ एकोहोरो हेरिरहन्छन् । शंकाको भरमा कष्टम्बर संग बाझ्ने, चोरेर जानेको पछिपछि दौडने गर्दछन् । जसका कारण उनीहरु मारिन पुग्छन् । यहांको नियम अनुसार आफुले काम गरिरहंदा कसैले चोरेपनि कही नभनी चोरेर चोर बाहिर निस्केपछि पुलिसलाई बोलाउनु पर्दछ । तर नेपालीहरु चोरको पछि लागेर आफैं एक्सन लिने गर्दछन् ।
अधिकांस नेपालीहरुको हत्यारा कालाबर्णको अमेरीकी भएको बताईन्छ । पर्याप्त सुचनाको अभाब, घटना भएको स्थानमा क्यामराको पहुंच नहुनु , घटना भएका स्थानहरु प्राय दुर्गममा हुनुको कारण धेरै हत्याराहरु पत्ता लाग्न सकेका छैनन् । पत्ता लागेकाहरु पनि यो वा त्यो बाहनामा कानुनी छुट पाउने गरेका छन् । २००८ मा टेक्ससमा मारिएका अशोक भट्टराईको हत्यारा रेमन रिचर्डले कम उमेर भनेर हालै कनुनी सफाई पाएको छ । १७ बर्षीय रिचर्टले दिउंसै राईफल भिरेर गई अशोकलाई कामगरिरहेको स्थानमा गोलिहानी मारेका थिए ।
अमेरीकाको नीयम अनुसार एक हप्ता ५ दिन वा सातामा ४० घण्टा बढि काम गरेपछि ओभर टाईम पाउनु पर्दछ । तर यहांका कतीपय नेपालीहरु हप्तामा सतै दिन ज्यादै न्यून तलवमा काम गरिरहेका छन् । यसरी नेपालीलाई ठग्ने अरुकोही नभएर स्वयं नेपाली र केही ईन्डीयनहरु पनि रहेका छन् । नेपालीले नेपाली दाजु भाईलाई ठग्ने दःुख दिने, बिभिन्न किसिमका डर त्रास देखाउने, आश्वासन दिने तर यो वा त्यो बाहनामा पुरा नगरिदीने जस्ता कारणले गर्दा अमेरीकामा धेरै नेपाली बिचल्लीमा परेका छन् । अनाहकमा ज्यान समेत गुमाई रहेका छन् । नेपालीले नेपालीबाट दुःख र पीडा स्वदेशमा मात्र होईन बिदेशमा पनि त्यत्तिकै पाईरहेका छन् ।
नेपालबाट बिदेश आएपछि अधिकांश नेपालीहरु सहयोग तथा जनाकारीको लागि नेपालीको सरणमा पुग्छन् । तर दुःखको कुरा आफु कहां सहयोगको लागि आईपुगेको नेपाली दाजु भाईलाई यहां बस्दै आएकाले नयां शिकार भेटिएको महसुस गर्ने गरेका छन् ।
श्रोतः ह्वाईट हिमाल टेलिभिजन अमेरीका