Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई – खाडी मुलुकमध्ये युएईलाई नेपाली रोजगारदाताहरुको लागि राम्रो गन्तव्य मानिन्छ भने पुरुषहरुको तुलनामा महिलाहरुको भित्रिने क्रम बढ्दो छ । महिलाहरुको भित्रिने क्रमसंगै समस्याहरुमा पनि बृद्धि हुंदै गएको हुनाले महिलाहरुको समस्यालाई समाधान गर्नको लागि नेपाल सरकारले पनि युएईको लागि श्रमसहचारी नियुक्त गरेको छ । यसै सन्दर्भलाई समेट्दै महिलाहरुको हक र हितको लागि गैर आवासीय नेपाली संघ, युएईको अन्तर्गत अर्चना बस्नेत (रोकाहा) को संयोजकत्वमा ५ जना सल्लाहकारहरु रहने गरी १३ सदस्यीय महिला समिति गठन गरेको छ ।

उक्त भेलाको अध्यक्षता अर्चना बस्नेत (रोकाहा) ले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा नेपाली राजदूतावासकी श्रमसहचारी हिरा पौडेल रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । सो भेलालाई एनआरएन युएईका सचिव गोपाल कंडेलले संचालन गर्नुभएको थियो ।

गत २३ मार्च २०१२ शुक्रबारका दिन दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा भएको बृहत् भेलाले चयन गरेको नवनियुक्त पदाधिकारीहरुमा क्रमशः महिला कोर्डिनेटरमा अर्चना बस्नेत (रोकाहा) सह-कोर्डिनेटरको स्थान खाली, सचिवमा वविता शिवा, कोषाध्यक्षमा राधा लुइटेल रहेकी छिन् भने अन्य सदस्यहरुमा उषा घिमिरे, उषा बस्याल, सरस्वती कोइराला, श्रृजना सापकोटा (पौडेल), मिना भट्टराई, रंजना भुजेल, रिना बिष्ट, सुजना गिरी, विन्दु गिरी रहेकी छिन् । त्यस्तैगरी सल्लाहकारहरुमा शार्दा सापकोटा, लक्ष्मी उपाध्याय, ममता विष्ट, लिजा अधिकारी, राधा ढकाल नियुक्त भएकी छिन् ।

नयां जोश र जागरका साथ गठन गरिएको नवनियुक्त महिला समितिलाई प्रमुख अतिथिको रुपमा उपस्थित भएकी श्रमसहचारी हिरा पौडेलले आगामी कार्यकालको लागि शुभकामना दिएकी थिइन् भने अन्य अतिथिहरुले पनि आफ्नो मन्तव्यको क्रममा शुभकामना दिएका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया