Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई – संयूक्त अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपालका थारुवासीहरूलाई एउटै छाता मुनी समाबेस गर्ने उदेश्यले नेत्रनारायण थनेतको अध्यक्षतामा गत शुक्रबार बरदुबईमा प्रवासी थारु समाज यूएईको तदर्थ समिति गठन गरिएको छ ।

थनेतको अध्यक्षतामा गठित १५ सदस्यीय समितिको उपाध्यक्षमा किसोर चौधरी (दाङ), महासचिवमा धनश्याम चौधरी (सप्तरी), सचिवमा दिपेन्द्रराज थनेत (नवलपरासी), कोषाध्यक्षमा बासु चौधरी (रुपन्देही) रहेका छन् । त्यसैगरी सदस्यहरुमा रामकृष्ण चौधरी (चितवन), जालिम महतो (नवलपरासी), खेम महतो (नवलपरासी), रामप्रसाद महतो (नवलपरासी), गुलाबसिंह चौधरी (बर्दिया), भोजराज चौधरी (दांग), जंजिर चौधरी (दांग), बिजय चौधरी (चितवन), अरुण चौधरी (चितवन) रहेका छन् । सल्लाहकारमा नवलपरासीका छविलाल महतो रहेका छन् । सल्लाहकार महतो कुमारवर्ती गाविस, नवलपरासीका पूर्व अध्यक्ष समेत हुन् ।

तीन महिनाभित्र संस्थाको विधान बनाई नेपालभरिका २४ जिल्लाका यूएईमा कार्यरत थारुहरूको भेला बोलाएर पूर्ण कार्यसमिति बनाइने अध्यक्ष थनेतले जानकारी दिए । यस संस्थाले नेपालको थारु कल्याणकारी सभा र आदिवासी जनजाती महासंघ नेपाल र यूएईसँग समन्वय गरेर कार्यहरू गर्ने उद्देश्य रहेको कुरा बताए । यूएईमा प्रवासी थारु समाज गठन भएको कुरा थाहा पाई आदिवासी जनजाती महासंघ नेपालका अध्यक्ष राजकुमार लेखी र थारु कल्याणकारी सभाका महामन्त्री मझिलाल थारु थनेतको बधाई आएको जानकारी समेत अध्यक्ष थनेतले दिएका थिए ।

तपाईको प्रतिक्रिया