शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
इलाम– म्याद पुनः नथप्ने फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले नमानेपछि दलहरुले चर्को विरोध गरिरहेकाबेला नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भने आपत्ति जनाएकी छन् ।
बिहीबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्चको निर्णयमा टिका टिप्पणी गरेर दलहरुले अधिनायकवादी चरित्र देखाउन खोजेको आरोप लगाइन् ।
भण्डारीले संविधान बनाउन छाडेर दलहरु म्याद थपतिर केन्द्रित भएको बताइन् । उनले समयमै संविधान लेख्न नसके ताजा जनादेशमा जानुपर्ने धारणा राखिन् ।
पूर्व रक्षामन्त्रीसमेत रहेकी भण्डारीले नेपाली सेनामा मधेसी भर्नाको पनि विरोध गरिन् । उनले सेनामा जातीय र क्षेत्रीयरुपमा भर्ना गर्नु घातक हुने टिप्पणी गरिन् ।
तपाईको प्रतिक्रिया