सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
नेपालगन्ज– नेकपा मालेका महासचिव सिपि मैनालिले राजनितिक भागबण्डाका आधारमा बनेको राज्य पुर्नसंरचना आयोगले जनताले चाहेजस्तो निर्णय दिन नसक्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपाल दाङले आइतबार तुलसिपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मैनालीले भागबण्डाका आधारमा बनेको आयोगमा एक दुई जना बाहेक अन्य सदस्य बिशेषज्ञ नभएको भन्दै जनताले चाहे जस्तो निर्णय नआउने बताउनु भयो ।
साथै उहाँले राज्य पुर्न संरचना आयोग बनाउदा तिन ठुला दलहरुले संबिधानसभाका साना दलहरुलाई उपेक्षा गरेर राजनितिक भागबण्डाका आधारमा आयोग बनाएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले जातिय आधारमा संघिय राज्य बनाए जातिय द्धन्द हुन सक्ने भन्दै संघियता जातिय पहिचान र जातिय बराबरीका आधारमा बनाउनु पर्ने धारणा राख्नुभयो ।
तपाईको प्रतिक्रिया