शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
बागलुङ– प्रेमिकालाई धोका दिएर अर्कैसँग लगनगाँठो कस्न लागेका ‘धोकेबाज’ प्रेमीको विवाह विथोलिएको छ ।
म्याग्दीको घतान गाविसकी प्रेमिकालाई सुटुक्क छाडेर बागलुङको छिस्तीकी अर्कै युवतीसँग विवाह गर्न लागेकाबेला विथोलिएको हो । विवाह मण्डपमा वैवाहिक कार्यक्रम चलिरहेकाबेला आएकी प्रेमिकाले आफूसँग शर्माको ३ वर्षदेखि सम्बन्ध रहेको भन्दै होहल्ला गरेपछि विवाह रोकिएको थियो ।
डीएसपी उमाप्रसाद चर्तुवेदीका अनुसार पछि युवकले प्रेमिकासँगै विवाह गर्ने वाचा गरेपछि विवाद मिलेको हो । तर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्माले विवाह हुन लागेकी युवतीको परिवारलाई २ लाख ५९ हजार १ सय रुपैयाँ हर्जाना पनि तिरेका छन् ।
पत्रपत्रिकाहरुका अनुसार बागलुङमा मण्डपमै विवाह रोकिएको यो पहिलो घटना हो ।
तपाईको प्रतिक्रिया