Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राजधानीमा जारी एसीसी २० ट्वेन्टी क्रिकेट प्रतियोगिताको नेपाल आफ्नो दोस्रो खेलमा यूएईसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाउँदै पार गर्‍यो ।
नेपालको कमजोर ब्याटिङ फेरि एकपटक दोहोरियो । नेपालका कुनै पनि ब्याट्म्यानले उल्लेख्य योगदान गर्न सकेनन् । निकै नै खराब फिल्डिङ गरेको नेपालका लागि अमृत भट्टराईले ६५ रनको अवस्थामा लगातार तेस्रो र चौथो विकेट लिएपछि खेलमा फर्कने आशा जीवितै राखेको थियो ।
यूएईले ८० रन बनाउँदा उत्तेजित दर्शकहरुले ढुंगा र बोतल प्रहार गरी खेल विथोल्ने प्रयास गरेका थिए । जसले गर्दा केही समय खेल स्थगित भएको थियो ।
नेपालका लागि मेहबुब आलमले एक छक्काको मद्दतले १७ रन बनाए । पहिलो विकेट १९ रनमा गुमाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा ९५ रनको सामान्य योगफल तयार पार्‍यो । जसमा १५ रन अतिरिक्त थिए । यूएईका लागि अहमद रजाले तीन तथा सदिप सिल्वा र रोहन मुस्तफाले दुई दुई विकेट लिए ।
सामान्य योगफल पछ्याएको यूएईले १८.२ ओभर खेल्दै लक्ष्य पार गर्‍यो । उसका लागि साइमन अनमरले ४० बल खेल्दै सर्वाधिक ३३ रन बनाए । नेपालका लागि अमृत भट्टराईले तीन तथा बसन्त रेग्मीले एक विकेट हात पारे ।
यसअघि शनिबार भएको खेलमा नेपालले हङकङलाई दुई विकेट र यूएईले कुवेतलाई ४ विकेटले हराएका थिए । नेपालले अब मंगलबार कुवेतसँग भिड्ने छ । खेल बिहान ९.३० बजे कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।
तपाईको प्रतिक्रिया