Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काभ्रे– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले फर्जी लडाकु देखाएर माओवादीले लिएको रकम तत्काल राज्य कोषमा फिर्ता गर्न माग गर्नु भएको छ । शनिबार काभ्रेको बनेपामा आयोजित कार्यक्रममा महामन्त्री सिंहले हुँदै नभएका लडाकु रहेको भन्दै राज्यकोषबाट पैसा लिन माओवादीले अनमिनलाई समेत ढाटेको बताउनु भयो ।
महामन्त्री सिंहले फर्जी लडाकुका नाममा रकम लिएर माओवादीले  नागरिकलाई ठगेको आरोप लगाउनु भयो । ‘तत्काल रकम राज्य कोषमा फिर्ता गराउन काँग्रेस माओवादीलाई आग्रह गर्छ’,  महामन्त्री सिंहले भन्नुभयो, ‘राज्यकोषको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन ।’
उहाँले शान्ति र संविधान निर्माणमा माओवादीको भूमिका महत्वपूर्ण भएको भन्दै काँग्रेस यसमा सहयोगी हुने बताउनु भयो । उहाँले माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याउन काँग्रेस लागिरहेको तर माओवादी अझै लोकतान्त्रिक बाटोमा आइनसकेकाले शान्ति र संविधान तोकिएको समयमा सम्पन्न हुन नसकेको जिकिर गर्नु भयो ।
तपाईको प्रतिक्रिया