Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं– पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले छिट्टै नेपाल बायू सेवा निगमको लागि ५ वटा नयाँ जहाज ल्याउने गरी काम भइरहेको खुलासा गरेका छन् । मन्त्री विष्टले कतैबाट पनि विवाद नहुने गरी सहमतिमै मन्त्रिपरिषदबाट निर्णय गरेर जहाज किन्ने योजना सुनाए ।
राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा उनले जहाज खरिदको लागि प्राविधिकहरुको एक टोली चीन पठाइसकेको समेत जानकारी दिए । सो टोलीले चीनमा गएर नेपालको लागि सो जहाज उपयोगी हुने वा नहुने भन्ने अध्ययन गरी प्रतिवेदन दिए पछि जहाज खरिदको निर्णय हुने बताए । उनले भने– ‘देशलाई जहाज चाहिएको छ । जहाज कस्तो ल्याउने भन्ने विषयमा गृहकार्य भईरहेको छ । कम्तिमा दुई देखी पाँच बटा सम्म जहाज विवाद रहित ढंगले ल्याउँछु । ’
उनले नयाँ नेपाल निर्माणको आधार पर्यटन भएकोले पर्यटनको विकासको लागि निम्नमाध्यमिक तह देखिनै पाठ्यक्रम बनाएर अध्यापन कार्य सुरु गर्ने र पर्यटक क्षेत्रको पूर्वधार विकासमा आफूलाई केन्द्रित गर्ने स्पष्ट पारे ।
उनले पछिल्लो समयमा नेपाल बायू सेवा निगमको जहाजको सामान चोरी भएको विषयलाई आफूले गम्भीर रुपमा लिएको भन्दै दोषिलाई कारबाही गर्ने बताए । उनले स्थायी सरकार, शान्ति र सरकार आवश्यक रहेको भन्दै त्यो नभई आर्थिक क्रान्ति सम्भव नरहेको समेत बताए ।
पर्यटन क्षेत्रको विकासको लागि पर्यटन बोर्डको कार्यकारी निर्देशन चयन गर्ने काम भइरहेको जानकारी दिदै मन्त्री विष्टले उत्कृष्ट भावी योजना, पर्यटन क्षेत्रलाई प्रभावित गर्ने प्रस्तुती क्षमता र योजना कार्यान्वयनको स्पष्ट भिजन भएकोलाई नियुक्त गर्ने बताए । त्यसका लागि प्रतिष्पर्धामा रहेका १२ जनाको परिक्षण भइरहेको समेत उनले जानकारी दिए ।
अध्यक्षको विकल्प छैन
माओवादी पोलिट्ब्युरो सदस्यसमे रहेका मन्त्री विष्टले पार्टीको एकताबद्ध गर्ने, शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्ने, पार्टीको रुपान्तरण गर्ने, नेपालमा क्रान्ति पुरा गर्ने र अध्यक्ष प्रचण्डको नेतृत्वको विकल्प नरहेको भन्दै पार्टीको विवाद कार्य दिशामा केन्द्रित रहेर दुई चरणमा गरेर टुङग्याइने दावी गरे ।
उनले बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधरहरुको १३ बुँदे असहमति मध्ये केही जारी केन्द्रीय समितिको बैठकबाट र बैचारिक असहमतिलाई महाधिवेशनबाट अन्त्य गर्ने गरी विवाद समाधान हुने ठोकुवा गरे । उनले भने– ‘असहमतिमा छलफल जारी छ केही अहिले र केही महाधिवेशनबाट टुङग्याउँछौ ।’
पार्टीभित्रको अन्तर्द्वन्द्वलाई लक्षित गर्दै उनले अहिलेकै रुपमा गए शान्ति र संविधान निर्माणको जिम्मेवारी कुनै पनि हालतमा पुरा हुनै नसक्ने भन्दै उनले मेरो गोरुको बाह्रै टक्का जस्तो ब्यवहार नगर्न  आग्रह पनि गरे।
सभासद बालकृष्ण ढुङ्गेलको मुद्दा ब्यक्तिगत नभई क्रान्तिकै क्रममा भएकोले यसलाई ब्यक्तिगत मुद्दाको रुपमा लिन नहुने भन्दै राष्ट्रपति कार्यकारी नभएकोले मन्त्रिपरिषदको निर्णय स्विकार्नु पर्ने बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया